गोलीकाण्डमा तृणमूल कार्यकर्ताको मृत्युः चुनाउ आयोगले माग्यो विस्तृत रिपोर्ट
गोलीकाण्डमा तृणमूल कार्यकर्ताको मृत्युः चुनाउ आयोगले माग्यो विस्तृत रिपोर्ट


कोलकाता, 27 मार्च (हि. स.)। चुनाव आयोगले कोलकाताको बाघा जतिन क्षेत्रमा भएको गोलीकाण्डलाई लिएर कड़ा कदम उठाउँदै कोलकाता पुलिसलाई विस्तृत रिपोर्ट मागेको छ। चुनाउ आयोगका एक जना अधिकारीले शुक्रवार यसको पुष्टि गर्दै बताए, यस घटनामा तृणमूल कंग्रेस कार्यकर्ता राहुल डे (36)- को मृत्यु भएको छ भने जीत मुखर्जी नामक अर्को व्यक्ति गोली लागेर घाइते भएका छन्।

चुनाउ आयोगले यस मामिलामा स्थानीय थानाद्वारा उठाइएका कदमहरूको पनि जानकारी मागेको छ। पुलिस अनुसार यो घटना गत बुधवार अबेर राति त्यसबेला भएको थियो जतिबेला दुई गुटबीच एउटा घरको छतमा विवाद भएको थियो। भनिन्छ, त्यहाँ उपस्थित मानिसहरूले रक्सी खाइरहेका थिए, अचानक गोली चल्न शुरू भयो।

पुलिसले अहिलेसम्ममा यस मामिलामा चारजना मानिसहरूलाई पक्राउ गरिसकेको छ जसको पहिचान दीप राय, विधान ब्यानर्जी, राजा बनिक र जयन्त घोषको रूपमा भएको छ। प्रारम्भिक जाँचमा थाहा लागेको छ, जुवाको पैसा वितरणलाई लिएर विवाद भएको थियो। सबै आरोपी स्थानीय तृणमूल कंग्रेससित जोड़िएको बताइएको छ।

पुलिस मुताविक राहुल डे र जीत मुखर्जी पहिलाबाटै एका-अर्काका परिचित थिए, तर पछिल्लो लामो समयदेखिकै उनीहरूमाझ सम्पर्क भएको थियो। गत बुधवार राति जीत मुखर्जीको घरमा एक कार्यक्रम आयोजना गरिएको थियो जसमा राहुल डेलाई पनि आमन्त्रित गरिएको थियो। उत्सवको माहोलमा सबैजना घरको छतमा बसेर रक्सी खाइरहेका थिए।

राति लगभग 12.30 बजी मानिसहरूले गोली चलेको आवाज सुने। बताइँदैछ, लगभग तीन राउण्ड फायरिंग भयो। गोली चलेपछि छतमा बसेका अन्य मानिसहरू घटनास्थलबाट भागे। तीमध्ये एकजनाको माध्यमबाट राहुल डेको परिवारलाई घटनाको जानकारी प्राप्ता भयो।

यसीबीच चुनाव आयोगले दक्षिण 24 परगना जिल्लाको बासन्ती क्षेत्रमा दुई राजनीतिक गुटहरूमाझ दिउँसै भएको झड़पकको पनि रिपोर्ट मागेको छ। घटनापछि क्षेत्रमा केन्द्रिय सशस्त्र पुलिस बलका जवानहरूलाई तैनाथ गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande