त्रि नगरमा आगलागी, 6 जना मानिसहरू जलेर घाइते, शर्ट सर्किट भएको आशंका
त्रि नगरमा आगलागी, 6 जना मानिसहरू जलेर घाइते, शर्ट सर्किट भएको आशंका


नयाँ दिल्ली, 27 मार्च (हि.स.)। उत्तर- पश्चिमी जिल्लाको त्रि नगर क्षेत्रमा शुक्रवार बिहान एक आवासीय घरमा अचानक आगो लाग्यो। घटनाको कारणले क्षेत्रमा व्यापक खैलाबैला भयो। यस दुर्घटनामा एउटै परिवारका छःजना मानिसहरू जलेर घाइते भए जसलाई उपचारको निम्ति अस्पतालमा भर्ती गरिएको छ। प्रारम्भिक जाँचमा आगो शर्ट सर्किटको कारणले लागेको हुनसक्ने आशंका व्यक्त गरिँदैछ।

पुलिस मुताविक बिहान लगभग 7 बजे केशव पुरम थाना पुलिसलाई पीसीआर कलको माध्यमबाट सूचना प्राप्त भयो कि गणेशपुरास्थित दिग्गी साड़ी वाला क्षेत्रमा अवस्थित एउटा घरमा आगो लागेको छ र आगलागीबीच घरभित्र केही मानिसहरू फसेका छन्। सूचना पाउनसाथ पुलिस टीम तत्काल घटनास्थमा पुग्यो। त्यहाँ पहिलाबाटै दमकल विभागका वाहनहरू आइसकेका थिए जसले आगो निभाउने काम गरिरहेका थिए।

घटना घर नम्बर 1418/97, गणेशपुरामा भएको हो। यो चार तले भवन (ग्राउण्ड फ्लोरदेखि तेस्रो तलासम्म) लगभग 50 वर्ग गजमा स्थापित छ। ग्राउण्ड फ्लोरमा ‘कन्हैया साड़ी’ नामक दोकान छ जुन यस आगलागीमा सुरक्षित बचेको छ। आगो मुख्य रूपमा भवनको दोस्रो तलामा फैलिएको थियो जहाँ मानिसहरू बस्दै आएका छन्।

घटनाम घाइते हुनेहरूको पहिचान भारत लाल (32), अनिता (55), प्रीतम लाल (30), वन्दना (24), मोनी (27) र तीन वर्षीय सोमियाको रूपमा भएको छ। सबैलाई पहिला नजिकैको अस्पतालमा लगियो जहाँबाट चारजना महिलाहरूको गम्भीर अवस्थालाई ध्यानमा राखेर सफदरजंग अस्पतालमा रेफर गरियो। प्रारम्भिक जाँचमा थाहा लागे अनुसार सिँढ़ी नजिकै राखिएको पानीको मोटर छेउमा शर्ट सर्किट भयो जसबाट आगो फैलियो। आगोले सिँढ़ीमा राखिएको कस्मेटिक्सको सामान र छेवैमा राखिएको मोटरसाइकलाई पनि आफ्नो चपेटमा लियो।

पुलिस अधिकारीहरूको भनाइ छ, हाल सबै घाइतेहरूको उपचार भइरहेको छ जसको अवस्था स्थिर रहेको बताइएको छ। घाइतेहरूको बयान दर्ता गरेपछि अग्रिम कानूनी कारबाही गरिनेछ। घटनापछि क्षेत्रमा केही समयसम्म सन्त्राष फैलियो तथापि दमकलकर्मीहरूको तत्परातमा आगोलाई नियन्त्रण गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande