चुनावी माहोलमा रामभक्त भए तृणमूल उम्मेदवार
चुनावी माहोलमा रामभक्त भए तृणमूल उम्मेदवार


सिलगढ़ी, 27 मार्च (हि.स.)। रामनवमीको अवसरमा शुक्रवार बिहान तृणमूल कंग्रेस प्रत्याशी गौतम देवले भगवान रामको पूजा-अर्चना गरे। उनले सोशल मीडियामा लेखे, “राम नवमीको पावन दिनमा पुरुषोत्तम भगवान श्री रामचन्द्रसित प्रार्थना गर्दछु—सत्य एवं धर्मको विजय होस्। सबैलाई सद्बुद्धि दिउन् भगवानले।”

रामनवमीको दिन गौतम देवले मल्लागढ़ीस्थित श्री संकटमोचन हनुमान मन्दिरमा पुगेर पुष्प अर्पण गरे। पूजा गरेपछि उनले भने, अशुभको विनाश तथा शुभशक्तिको विजयध्वनिले बंगालको यो पावन भूमि गुञ्जयमान होस्।

यस अवसरम तृणमूल प्रत्याशी गौतम देवले दार्जीलिङ मोड़स्थित त्रिकालदर्शी मन्दिरमा पनि पूजा-अर्चना गरे। यस अतिरिक्त वार्ड नम्बर- 3 तृणमूल कंग्रेस कमिटीको पहलमा रामनवमीको पावन अवसरमा गुरूङ बस्ती मोड़मा आम मानिसहरूमाझ लड्डु वितरण गरियो जसमा गौतम देव स्वयं उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande