चुनाउ 26ः भाजपा नेतृत्वमाथि गौरव गोगोईको प्रहार, इन्धन संकट र टिकट वितरणमाथि उठाए प्रश्न
चुनाउ 26ः भाजपा नेतृत्वमाथि गौरव गोगोईको प्रहार, इन्धन संकट र टिकट वितरणमाथि उठाए प्रश्न


जोरहाट (असम), 27 मार्च (हि.स.)। कंग्रेस नेता गौरव गोगोईले भाजपा नेतृत्वमाथि चर्को प्रहार गर्दै आन्तरिक अविश्वासको आरोप लगाए साथै इन्धन संकट जस्तो जनहितका मुद्दाहरूमा सरकारलाई घेरे।

एक सभालाई सम्बोधन गर्दै गए राति गोगोईले दाबी गरे, पूर्व मुख्यमन्त्री तरूण गोगोईले केन्द्रिय मन्त्री सर्वानन्द सोनोवाललाई मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमासित सतर्क रहने सल्लाह दिएका थिए। उनले आरोप लगाए, उनका पितालाई पहिलाबाटै यस्तो राजनीतिक विश्वासघात हुने शंका लागेको थियो।

गोगोईले भाजपाको “डबल इञ्जन सरकार”- को दाबीको आलोचना गर्दै भने, ठूला-ठूला दाबी गरे पनि राज्यमा पेट्रोल, डिजल तथा एलपीजीको अभावले गर्दा मानिसहरूलाई भीड़मा पंक्तिबदध भएर बस्न परिरहेको छ।

कंग्रेसको उम्मेद्वार चयन प्रक्रियामाथि प्रकाश पार्दै उनले भने, हाम्रो पार्टीले 13 जना महिला उम्मेद्वारहरूलाई टिकट दिएको छ जसबाट नयाँ अनुहारहरूले पनि अवसर पाएका छन्। यसको विपरीत भाजपाले अधिकांश टिकट पूर्व कंग्रेस नेताहरू जो पार्टी छोड़ेर भाजपामा सामेल भएका छन्,-लाई दिएको आरोप समेत लगाए।

उनले टियोक क्षेत्रका मतदाताहरूमध्ये कंग्रेस उम्मेद्वार पल्लवी गोगोईलाई समर्थन गरने अपील गरदै भने, उनको यस क्षेत्रका मानिसहरूसित पुरानो सम्बन्ध रहिआएको छ। उनले विश्वास व्यक्त गरे, टियोक र जोरहाट क्षेत्रका जनताले कंग्रेस नेतृत्वाधिन विपक्षी गठबन्धनका उम्मेद्वारहरूलाई भारी मतले विजय गराउनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande