
जम्मू, 27 मार्च (हि.स.)। पाँच सप्ताहको अवकाश पश्चात शुक्रवारदेखि बजट सत्र पुनः शुरू भएको तुरून्तैपछि जम्मू-कश्मीर विधानसभामा मचिएको खैलाबैलाले गर्दा आधा घण्टासम्मको लागि सत्रलाई स्थगित गर्नुपऱ्यो।
सत्ता पक्ष र विपक्ष दुवैका सदस्यहरूले उभिएर नाराबाजी गर्दै प्रश्नकाललाई बाधित गरे। अध्यक्ष अब्दुल रहिम राथरले बारम्बार यस्तो नगर्ने आग्रह गरिरहेका थिए। सत्ताधारी नेशनल कन्फ्रेन्स, कंग्रेस, सीपीआई (एम) औ निर्दलीय विधायकहरूसँगसँगै विपक्षी पीडीपीले ईरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेईको हत्याको निन्दा गर्दै इजरायलको विरोधमा नारा लगाए भने भाजपा सदस्यहरूले जम्मूमा राष्ट्रिय विधि विश्वविद्यालय स्थापनाको मागमा प्लेकार्ड देखाए।
जम्मू विधानसभाको बजट सत्र पाँच सप्ताहको अवकाश पश्चात 27 मार्चको दिन पुनः शुरू भएको हो। यसको पहिलो चरण गत 2-20 फरवरीसम्म संचालन भएको थियो। पहिलो सत्रमा मुख्यमन्त्री उमर अब्दुल्लाले गत 6 फरवरीको दिन बजट प्रस्तुत गरेका थिए भने सदनले प्रत्येक दिन दुई वटा बैठकमा विस्तृत चर्चा गरेपछि विभिनन विभागहरूको लागि अनुदान पारित गरेको थियो। वर्तमान सत्र आगामी 4 अप्रेलको दिन समाप्त हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा