जम्मू-कश्मीर विधानसभामा उमर अब्दुल्लाले ईरान युद्धलाई बताए- 'अन्यायपूर्ण औ अवैध', प्रधानमन्त्रीसित हस्तक्षेप गर्ने अपील
जम्मू-कश्मीर विधानसभामा उमर अब्दुल्लाले ईरान युद्धलाई बताए- 'अन्यायपूर्ण औ अवैध', प्रधानमन्त्रीसित हस्तक्षेप गर्ने अपील


जम्मू, 27 मार्च (हि.स.)। जम्मू-कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाले शुक्रवार विधानसभामा “ईरानमाथि थोपरिएको अन्यायपूर्ण औ अवैध युद्ध” ृ-को घोर निन्दा गरे। उनले प्रधानमन्त्री नरेन्द्र मोदीसित अपील गरे, उनले मानताको हितमा यस संघर्षलाई समाप्त गर्नको लागि आफ्नो प्रभाव अनि कुटनीतिक सम्बन्दहरूलाई उपयोग गरुन्।

यो बयान यस्तो समयमा आएको छ जतिबेला नेशनल कन्फ्रेन्सका केही सदस्यहरूले यस मुददामा सदनमा आधिकारिक प्रतिक्रिया दिने दबाव बनाइरहेका छन्। तथापि भाजपा विधायकहरूले यसको विरोध गर्दै भने, ईरानसित सम्बन्धित संकट एउटा अन्तर्राष्ट्रिय मामिला हो। यो विधानसभाको अधिकार क्षेत्रमा पर्दैन।

सदनका नेताको रूपमा बोल्दै उमर अब्दुल्लाले भने, उनी आफ्नो पार्टी तथा सहयोगीहरूको पक्षबाट यस युद्धको घोर निन्दा गर्दछन्। उनले ईरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेई र यस संघर्षमा ज्यान गुमाउने अन्य सबै मानिसहरूप्रति गहिरो संवेदना पनि व्यक्त गरे।

मुख्यमन्त्रीले भने, भारत जस्तो प्रभावशाली देशले शान्ति स्थापनाको निम्ति भूमिका निर्वाह गर्नुपर्छ। उनले प्रधानमन्त्रीसित आग्रह गरे, उनले सबै उपलब्ध राजयनिक माध्यम तथा अन्तर्राष्ट्रि सम्बन्धहरूलाई उपयोग गरी यस युद्धलाई चाँड़ोभन्दा चाँड़ो समाप्त गर्ने दिशामा प्रयास गरुन्।

अब्दुल्लाले आफ्नो बयानमा यो पनि स्पष्ट पारे, यस संघर्षको प्रभाव सम्बन्धित देशहरूसम्म मात्र सीमित नरहेर वैश्विक स्तरमा पनि पर्नसक्छ। उनले भने, युद्ध समाप्त हुनाले प्रभावित देशहरूले मात्र राहत पाउने छैनन् जबकि सम्पूर्ण मानवतालाई नै लाभ प्राप्त हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande