
जम्मू, 27 मार्च (हि.स.)। जम्मू-कश्मीर विधानसभाको बाहिर तनवीर सादिकको नेतृत्वमा एनसीका नेताहरूले शुक्रवार मध्य-पूर्व संकटलाई मध्यनजर गर्दै ईरानप्रति ऐक्यवद्धता व्यक्त गर्दै प्रदर्शन गरे।
मीडियासित बातचित गर्दै तनवीर सादिकले भने, हामी ईरानको समर्थनमा एकजुट छौं। सम्पूर्ण नेशनल कन्फ्रेन्स र जम्मू-कश्मीर सरकार उनीहरूको समर्थनमा एकसाथ उभिएका छौं। जसरी उमर अब्दुल्लाले पहिला अयातुल्ला अली खामेनेईको हत्याको निन्दा गरेका थिए, त्यसरी नै हामी आज यहाँ एकजुट भएका छौं। मैले ध्यानाकर्षण प्रस्ताव राखेको छु साथै स्थगन प्रस्ताव पनि पेश गरेको छु।
विधायक तनवीरले भने, हाम्रो मान्यता छ कि कुनै पनि देशलाई अर्को देशमाथि आक्रमण गर्ने अधिकार छैन। यसरी एकजना धार्मिक नेताको हत्या गर्नु निन्दनीय कार्य हो। देशका शीर्ष नेतृत्वले पनि यसको निन्दा गर्नुपर्छ। यस प्रदर्शनले अन्तर्राष्ट्रिय मुद्दामा पार्टीको नीतिलाई उजागार गरेको छ साथै धार्मिक तथा राजनीतिक नेताहरूविरूद्ध भएको हिंसाको एकजुट भएर निन्दा गर्ने आह्वान गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा