
अलिपुरद्वार, 27 मार्च (हि. स.)। फालाकाटामा शुक्रवार सबेरै एउटा जंगली हात्ती आवासीय क्षेत्रमा प्रवेश गरेको कारणले कोकोहोलो मचियो। तथापि अहिलेसम्म हात्तीको हमलामा कुनै पनि प्रकारको मानवीय क्षति भएको छैन।
प्राप्त जानकारी अनुसार शालकुमारहाटबाट सब्जी लिएर फालाकाटा किसान बजार तर्प गइरहेका शंकर राय बीच बाटोमा अचानक हात्तीलाई देखेर डराए।. तथापि तिनले आफ्नो ज्यान बचाएर भागे। निरन बर्मनको घरको बार र पक्का खम्बा भत्काइदियो जसले गर्दा एउटा गाई घाइते भयो। त्यसपछि हात्तीले अनिता बर्मन र सुबोध बर्मको घरमा हमला गऱ्यो। त्यसबेला अनिताले घरको आँगन बड़ारिरहेकी थिइन्। उनले भागेर घरभित्र पसेर आफ्नो ज्यान बचाइन्। हात्तीले सुबोध बर्मनको टिनको मन्दिर र सड़क किनार नगेन मजुमदारको दोकानलाई पनि क्षति पुऱ्यायो।
सूचना पाएर जलदापाड़ा पश्चिम रेञ्ज अन्तर्गत बांगरडाकी बीटबाट वन विभागको टीम घटनास्थलमा पुग्यो। स्थानीय मानिसहरूको सहयोगमा कठिन परिश्रम गरेर हात्तीलाई जंगलतिरै लखेटियो। वन विभागको निष्क्रियतालाई लिएर स्थानीय मानिसहरूले आक्रोश व्यक्त गरेका छन्। विभागको पक्षबाट प्रभावित मानिसहरूलाई सरकारी नियम अनुरूप क्षतिपूर्ति दिने घोषणा गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा