
कन्याकुमारी, 27 मार्च (हि.स.)। तमिलनाडु विधानसभा चुनाउ घोषणा हुनसाथ राज्यको राजनीतिक हावा बाफिन शुरू भएको छ। यसबीच तमिलनाडु भाजपाका प्रदेश अध्यक्ष नयिनार नागेन्द्रनले आफ्नो पारम्परिक तिरुनेलवेली सीटलाई छोड़ेर विरुधुनगर जिल्लाको सत्तूर विधानसभा सीटबाट चुनाउ लड़्ने घोषणा गरेका छन्। उनको यस निर्णयले राजनीतिक जगतमा चर्चा बटुलिरहेको छ।
तमिलनाडु भाजपाका प्रदेश अध्यक्ष नयिनार नागेन्द्रनले शुक्रवार पहिला कन्याकुमारीस्थित प्रसिद्ध भगवती अम्मन मन्दिरमा पुगेर दर्शन गरे। त्यसपछि यहाँ पत्रकारहरूसित कुराकानी गर्दै स्पष्ट पारे, यसपालि उनले पारम्परिक तिरुनेलवेली सीटबाट चुनाउ लड़्नको सट्टा विरुधुनगर जिल्लाको सत्तूर विधानसभा सीटबाट चुनाु लड़्ने निर्णय लिएका छन्। उनले भने, युद्ध जस्तो स्थिति भए पनि केन्द्र सरकारले पेट्रोल-डिजलमाथि उत्पाद शुल्क घटाएको छ। यसरी नै तमिलनाडु सरकारले पनि करहरू घटाउनुपर्ने माग उनले गरे।
भाजपा प्रदेश अध्यक्ष नागेन्द्रनले डीएमकेलाई लक्षित गर्दै भने, महिलाहरूविरूद्ध अपमानजनक बान दिने नेताहरूमाथि राज्य सरकारके कुनै कारबाही गरिरहेको छैन। सोधिएको एक प्रश्नको जवाफमा उनले भने, के. अन्नामको चुनाउ लड़्ने फसेला पार्टी नेतृत्वले गर्नेछन्।
राष्ट्रिय जनतान्त्रिक गठबन्धनमा अन्य दलहरू पनि सामेल हुने प्रश्नमा उनले भने, यसलाई लिएर अहिले नै केही भन्नु हतार गरे झैं हुनेछ, तर गठबन्दनको जीत निश्चित छ। उनले यो पनि भने, सीटहरूको बाँड़फाँड़ आपस्तमा बातचित गरेर तय गरिएको छ।। कतिपय जिल्लाहरूमा सहयोगी दलहरूलाई अधिक सीट दिइएको छ भने कतिपयमा भाजपालाई धेरै सीट प्राप्त भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा