पश्चिम बंगालः केही जिल्लाहरूमा हावा-हुन्डरी तथा वर्षाको चेताउनी
पश्चिम बंगालः केही जिल्लाहरूमा हावा-हुन्डरी तथा वर्षाको चेताउनी


कोलकाता, 27 मार्च (हि.स.)। मौसम विभागले शुक्रवार पश्चिम बंगालका केही जिल्लाहरूमा हावा-हुन्डरी तथा वर्षा हुने चेताउनी जारी गरेको छ। पूर्वानुमान अनुसार शुक्रवारदेखि दक्षिण तथा उत्तर बंगालका विभिन्न भागहरूमा कालबैशाखीसितै तीव्र हावा, मेघ गर्जन साथै कुनै-कुनै ठाउँमा असिना पानी पर्ने सम्भावना छ।

गए बिहीवारदेखि नै राज्यका केही जिल्लाहरूमा वर्षा दर्ता गरिएको छ जसबाट मौसम परिवर्तन भएको छ। प्रतिकूल मौसमको कारण हवाई यातायात पनि प्रभावित भयो। कोलकाता फर्किँदा मुख्यमन्त्री ममता ब्यानर्जीलाई पनि समस्याको सामना गर्नुपऱ्यो।

मौसम विभाग अनुसार शुक्रवार दक्षिण बंगालका पाँच वटा जिल्लाहरूमा 50-60 किलोमीटर प्रतिघण्टाको गतिले हावा बग्नको सातै हुरी-बतास आउनसक्छ। कोलकाता सहित अन्य जिल्लाहरूमा 40-50 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्ने सम्भावना छ।

शनिवार पनि पुरुलिया, बाँकुड़ा, झाड़ग्राम, पश्चिम मेदिनीपुर औ पश्चिम बर्धमानका केही भागहरूमा वर्षा कायम रहनसक्छ। यी जिल्लाहरूमा वज्रपात हुने तथा असिना पानी पर्ने आशंका रहेको छ।

उत्तर बंगालमा पनि मौसमको स्वरूप आशा छ। दार्जीलिङ अनि कालेबुङमा असिना पानी पर्ने चेताउनी जारी गरिएको छ भने जलपाईगुड़ी र अलिपुरद्वारका केही भागहरूमा घना वर्षा हुनसक्छ। यी क्षेत्रहरूमा पनि 50-60 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्ने अनि मेघ गर्जन हुने अनुमान लगाइएको छ।

यता उत्तर र दक्षिण दिनाजपुर तथा मालदह जिल्लामा 40-50 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावासितै पानी पर्नसक्छ।

मौसम वैज्ञानिकहरूको भनाइ छ, यस वर्षापछि तापमान घट्नेछ जसबाट मानिसहरूलाई पनि राहत हुनेछ। विभागले मानिसहरूलाई सतर्क रहने सल्लाह पनि दिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande