
गान्तोक, 27 मार्च (हि.स.)। दार्जिलिङ-सिक्किम डायोसिसका नवनियुक्त बिशपले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग शिष्टाचार भेट गरे। उक्त जानकारी मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्।
उनले दार्जिलिङ-सिक्किम डायोसिसका नवनियुक्त बिशप एडवर्ड बरेटोसॅंग आफ्नो सरकारी निवासमा शिष्टाचार भेट भएको जानकारी गराएका छन्। उनको साथमा मन्त्री जीटी ढुङ्गेल, फादर डेविड योञ्जन राई र फादर फिन्टन मोक्तान पनि उपस्थित थिए।
मुख्यमन्त्रीले यस भेटका क्रममा स्वीकृति र कृतज्ञता पत्र प्राप्त गर्न पाउँदा अत्यन्तै विनम्र महसुस गरेको उल्लेख गरेका छन्। उनले आफुलाई प्रदान गरिएको न्यानोपन, सद्भाव र समर्थनका लागि हार्दिक आभार व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल