सांसद सुब्बाले लिम्बू-तामाङ सीट आरक्षणको मुद्दा उठाए
indra hang subba


गान्तोक, 27 मार्च (हि.स.)। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले लिम्बू र तामाङको सीट आरक्षणको मुद्दा उठाएका छन्। उनले आज लोकसभामा शून्यकाल अवधि सिक्किम विधानसभामा लम्बित लिम्बू र तामाङको सीट आरक्षणको मुद्दा उठाए।

सांसद सुब्बाले आफ्नो सम्बोधनमा प्रस्तावित सीमाङ्कनअघि जनप्रतिनिधित्व ऐनमा आवश्यक संशोधन गर्न भारत सरकारलाई आग्रह गरे, ताकि यी समुदायहरूका लागि उचित आरक्षण र निष्पक्ष राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्न सकियोस्।

उल्लेखनीय छ, लिम्बू र तामाङ समुदायले वर्ष 2003 मा अनुसूचित जनजातिको मान्यता पाएको थियो। यतिका वर्षसम्म पनि सिक्किम विधानसभामा उक्त दुई समुदायका लागि सीट आरक्षण सुनिश्चित गर्न सकिएको छैन।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande