
कोलकाता, 01 अप्रेल (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउ- 2026 मा आसनसोल दक्षिण सीटमा कोइला अर्थव्यवस्थामा ह्रास, अवैध खनन तथा पहिचानको राजनीतिले चुनावी स्पर्धालाी प्रभावित पार्ने प्रमुख मुद्दा भएर उदाइरहेको छ। पश्चिम बर्धमान जिल्लाको यो शहरी-औद्योगिक सीट रानीगञ्ज कइयला क्षेत्रको एक भाग हो जहाँ उद्योगहरूको मन्द हुँदै गएको गति, अनौपचारिक कोइला नेटवर्क तथा जनसांख्यिकी परिवर्तनले राजनीतिक विमर्शलाई प्रभावित पारिरहेको छ।
भारतीय जनता पार्टी (भाजपा) जसले पछिल्लो वर्ष 2021- मा यो सीट तृणमूलबाट हत्याएको थियो भने यसपालि पनि यसलाई बचाइराख्ने प्रयासमा लागिपरेको छ। पार्टीले वर्तमान विधायक अग्निमित्रा पाललाी फेरि उम्मेद्वार बनाएको छ। अर्कोतिर तृणमूल कंग्रेसले पूर्व विधायक तापस ब्यानर्जीलाई मैदानमा उतारेको छ जसले पछिल्लो वर्ष 2011 र 2016-मा यस सीटको प्रतिनिधित्व गरिसकेका छन्। मार्क्सवादी कम्युनिस्ट पार्टीले शिल्पी चक्रवर्ती र कंग्रेसले सौविक मुखर्जीलाई उम्मेद्वार बनाएको छ।
2021 सालको चुनाउमा अग्निमित्रा पालले तृणमूल कंग्रेसकी सायोनी घोषलाई 4,487 मतले परास्त गरेकी थिइन् जसलाई यस औद्योगिक क्षेत्रमा भाजपाको ठूलो सफलता मानिएको थियो। तथापि वर्ष 2022-को लोकसभा उपचुनाउमा तृणमूल कंग्रेसका शत्रुघ्न सिन्हाले ठूलो जीत हासिल गरेर यस क्षेत्रमा पार्टीको स्थितिलाई झट्का दिएका थिए।
रोजगार तथा अवैध खनन अहम मुद्दा-
रानीगञ्ज कोइला क्षेत्रले हजारौं मानिसहरूलाई स्थायी रोजगार दिन्थ्यो, तर स्वचालन र पुनर्गठनको कारणले प्रत्यक्ष रोजगारको अवसर घटेको छ। फलस्वरूप धेरैजना मानिसहरू अनौपचारिक काम वा पलायन हुन बाध्य भएका छन्। अर्कोतिर अवैध कोइला खनन आज पनि आर्थिक रूपमा कमजोर तप्काहरूको लागि आजीविकाको साधन भएको छ जसले गर्दा यसमाथि कारबाही राजनीतिक रूपमा संवेदनशील मुद्दा बन्न पुग्छ।
भूमि धसिने समस्याले ग्रस्त मानिसहरू-
दशकौंदेखि भइरहेको खननको कारणले कतिपय क्षेत्रहरूमा जमीन धसिने समस्या पनि गम्भीर भएको छ। प्रभावित क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूको घर चिरिने, जमीन दबिने तथा दुर्घटना हुने जोखिम कायम रहन्छ। पुनर्वास, क्षतिपूरण तथा सुरक्षा उपाय यहाँका प्रमुख चुनावी मुद्दाहरूमा सामेल छन्।
पहिचानको राजनीति पनि प्रभावशाली-
आसनसोल दक्षिणको सामाजिक संरचना विविध प्रकारको छ। यहाँ बिहार र झारखण्ड मूलका हिन्दीभाषी मतदाताहरूको संख्या मोठ मतदाताहरूको 34-40 प्रतिशत छ। भाजपाले भाषागत विभाजनदेखि माथि उक्लेर हिन्दू मतहरूलाई ध्रुवीकरण गर्ने प्रयास गरिरहेको छ भने तृणमूल कंग्रेसले बंगाली मतदाता र अल्पसंख्यकहरूको आफ्नो पारम्परिक समर्थन आधारलाई मजबुत बनाउनेमाथि ध्यान दिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा