सिक्किममा जनगणना 2027 अभियानको शुभारम्भ
सिक्किममा जनगणना 2027 अभियानको शुभारम्भ


- जनगणना 2027 ले आगामी दशकको विकास यात्राको बलियो आधार राख्नेछ: राज्यपाल

गान्तोक, 01 अप्रेल (हि.स.)। जनगणना सञ्चालन निदेशालय, सिक्किमद्वारा आज लोकभवनमा जनगणना 2027 अभियानको शुभारम्भ गरियो। यस अवसरमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले स्वयं गणना गरेर राज्यका प्रथम नागरिकको रूपमा अभियानको उद्घाटन गरे।

कार्यक्रमलाई सम्बोधित गर्दै राज्यपालले भने, 'जनगणना 2027 को शुभारम्भ सिक्किम र सम्पूर्ण भारतको लागि एक ऐतिहासिक क्षण हो। यो देशको 16औं र स्वतन्त्र भारतको आठौं जनगणना हो। 1 अप्रेलदेखि 15 अप्रेलसम्म स्वयं गणना पहिलो पटक डिजिटल माध्यमले भइरहेको छ, जुन एक क्रान्तिकारी परिवर्तन हो। डिजिटल माध्यमको उपयोगले प्रक्रियामा धेरै गति र दक्षता सुनिश्चित हुनेछ, जसले डिजिटल भारत संकल्पलाई सशक्त बनाउॅंछ र पारदर्शितालाई पनि बढ़ावा दिन्छ।'

राज्यपालले जनगणना केवल संख्याहरूको संकलन नभई स्वास्थ्य, शिक्षा, रोजगार, सामाजिक सुरक्षा र लोकतान्त्रिक प्रतिनिधित्व जस्ता नीतिहरूको आधार रहेको स्पष्ट पारे। उनले सिक्किमको लागि यसको विशेष महत्व रहेको छ भन्दै यसले विविध जनजातीय समुदायहरूको सही जनसंख्याको आकलन र विकास योजनाहरूलाई दिशा प्रदान गर्ने बताए। उनले नागरिकहरूलाई सक्रिय भागीदारीको लागि आग्रह गर्दै जनगणना 2027 ले आगामी दशकको विकास यात्राको बलियो आधार राख्नेछ भनी बताए।

कार्यक्रममा राज्यपालका आयुक्त एवं सचिव जितेन्द्र सिंह राजे, जनगणना सञ्चालन निर्देशक कर्मा बोन्पो, आईपीआर विभागकी सचिव अन्नपूर्ण आले, जिल्लापाल तुषार जी निखारे तथा अन्य अधिकारीहरू पनि उपस्थित थिए।

जानकारी अनुसार, यस पटक जनगणना 2027 दुई चरणमा हुनेछन्। प्रथम चरण स्वयं गणना 1 अप्रेलदेखि 16 अप्रेल, 2026 सम्म चल्नेछ, जसमा नागरिकहरूले डिजिटल माध्यमले स्वयं पञ्जीकरण गर्नेछन्। यसपछि, 16 अप्रेलदेखि 15 मई, 2026 सम्म गृह सूचीकरण एवं आवास गणना हुनेछ, जसमा प्रगणक घर-घर पुगेर आंकड़ा संकलित गर्नेछन्।

फरवरी 2027 देखि दोस्रो चरणको गणना शुरू गरिने छ, जसमा प्रत्येक व्यक्तिको विस्तृत जानकारी एकत्र गरिने छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande