एनएमसी र नयॉं बजार जोरथाङ नगर पञ्चायतका सबै उम्मेदवारहरूको मनोनयन पत्र स्वीकृत, दुई वार्डमा प्रतिस्पर्धाको सम्भावना
एनएमसी र नयॉं बजार जोरथाङ नगर पञ्चायतका सबै उम्मेदवारहरूको मनोनयन पत्र स्वीकृत


नाम्ची, 01 अप्रेल (हि.स.)। नाम्ची नगर परिषद (एनएमसी) का सात वार्ड र नयॉं बजार जोरथाङ नगर पञ्चायतका पॉंच वार्डका लागि आज चुनाउ अधिकारी अनुपा तामलिङको कार्यालयमा मनोनयन पत्र जॉंच सम्पन्न गरियो। चुनाउ अधिकारीद्वारा गरिएको मनोनयन पत्र जॉंचमा उम्मेदवारहरू र चुनाउ पर्यवेक्षक शैलेन्द्र शर्मा उपस्थित थिए।

यस क्रममा एनएमसीका सात वार्डका नौं उम्मेदवारहरू र नयॉं बजार जोरथाङ नगर पञ्चायतका पॉंच उम्मेदवारहरूको मनोनयन पत्र स्वीकृत गरियो। सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम), भारतीय जनता पार्टी (भाजपा) र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन पत्र बुझाएका थिए।

नयॉं बजार जोरथाङ नगर पञ्चायतका पॉंच वार्डका लागि एसकेएम पार्टीका उम्मेदवारहरूले मात्र मनोनयन पत्र बुझाएका थिए। नयॉं बजार जोरथाङ नगर पञ्चायत अन्तर्गत शान्तिनगर वार्डका लागि सुनिल कुमार गुप्ता, त्रिकालेश्वर वार्डका लागि मन्जरी राई, डॉंड़ागाउॅं वार्डका लागि उमा पोर्तेल, माझीगाउॅं वार्डका लागि साम्तेन मोक्तान तामाङ र नयॉं बजार वार्डका लागि रन्दिप छेत्रीले मनोनयन पत्र बुझाएका थिए।

अर्कातिर, एनएमसी अन्तर्गत गाङ्ग्याप वार्डका लागि एसकेएम उम्मेदवार सरस्वती शर्मा र स्वतन्त्र उम्मेदवार निमा छोडेन लेप्चाले मनोनयन पत्र बुझाएका छन्। यसरी नै अप्पर गुर्पिसे वार्डका लागि भाजपा उम्मेदवार साङ्गे भोटिया र एसकेएम उम्मेदवार पेम नर्बु भोटियाले मनोनयन पत्र बुझाएका छन्। उक्त दुई वार्डमा चुनाउ हुने देखिएको छ। यद्यपि, मनोनयन फिर्ता लिने अन्तिम मिति 4 अप्रेल रहेको छ।

यस अतिरिक्त, अन्य पॉंच वार्डमा केवल एसकेएम पार्टीका उम्मेदवारहरूले मनोनयन पत्र बुझाएका छन्। जसमा दम्बुडॉंड़ा वार्डका लागि अनु छेत्री, लोवर घुर्पिसे वार्डका लागि ममता कालिकोटे, अप्पर बुमटार वार्डका लागि लकी तामाङ, अप्पर सिङ्गीथाङ वार्डका लागि गणेश राई र पुरानो नाम्ची वार्डका लागि मनोज कुमार मंगन रहेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande