पाकिम जिल्ला पुलिसद्वारा 'लागूऔषध विरुद्ध युद्ध' अभियान तीव्र, भारी मात्रामा लागूऔषधसहित आरोपीहरू पक्राउ
पाकिम जिल्ला पुलिसद्वारा 'लागूऔषध विरुद्ध युद्ध' अभियान तीव्र


पाकिम, 01 अप्रेल (हि.स.)। पाकिम जिल्ला पुलिसले लागूऔषध दुरुपयोग र अवैध ओसार-पसार विरुद्ध लड्ने आफ्नो प्रयासलाई पुन: दोहोऱ्याउॅंदै 'लागूऔषध विरुद्ध युद्ध' अभियान अन्तर्गत प्रवर्तन प्रयासहरूलाई तीव्र बनाएको छ। यस क्रममा गत हप्तादेखि गरिएको कारबाहीमा पाकिम र रम्फू पुलिस थानामा साडा र एनडीपीएस अधिनियम अन्तर्गत कुल पॉंच मामिलाहरू दर्ता गरिएका छन्।

आधिकारिक रिपोर्टहरूका अनुसार, 17 मार्चका दिन पाकिम पुलिसले दुई व्यक्ति मोहम्मद इशामुद्दिन (28) र प्रवीण छेत्री (42) लाई 186 स्पास्मो प्रोक्सिवन क्याप्सुलसहित पक्राउ गऱ्यो। उनीहरू विरुद्ध साडा संसोधन अधिनियम, 2017 र बीएनएस, 2023 अन्तर्गत मामिला दर्ता गरिएको छ।

यसरी नै 19 मार्चका दिन रम्फू पुलिसले दुई आरोपी गोकुल तामाङ (27) र गगन कामी (32) लाई 59.84 ग्राम ब्राउन शुगरको साथमा पक्राउ गऱ्यो। उनी द्वयविरुद्ध एनडीपीएस अधिनियम अन्तर्गत मामिला दर्ता गरियो। यसै क्रममा 22 मार्चका दिन रम्फू पुलिसले चार जना सन्दिप तामाङ (20), सुरज कुमार प्रसाद (21), अदित्य कुमार चौहान (19) र सौरभ मजुमदार (23) लाई 54.78 ग्राम ब्राउन शुगरसहित पक्राउ गऱ्यो। आरोपीहरू विरुद्ध एनडीपीएस अधिनियम अन्तर्गत मामिला दर्ता गरिएको छ।

यसपछि, 24 मार्चका दिन महेश शर्मा (24) नामक व्यक्तिलाई 1,152 स्पास्मो प्रोक्सिवन क्याप्सुल, 200 वटा नाट्रोसन-10 ट्याबलेट र एक बोतल कफ सिरपसहित पक्राउ गरी साडा अधिनियम अन्तर्गत मामिला दर्ता गरिएको छ। यसरी नै 1 अप्रेलका दिन तन्जिङ नामडुल भोटिया (33) लाई 107 ग्राम ब्राउन शुगर र 419 वटा स्पास्मो प्रोक्सिवनको साथमा रम्फू पुलिसले पक्राउ गरेको छ। आरोपी विरुद्ध एनडीपीएस र साडा अधिनियम अन्तर्गत मामिला दर्ता गरिएको छ।

पुलिस अधिकारीहरूले लागूऔषध सम्बन्धी अपराधहरू विरुद्ध शून्य सहनशीलताको नीति दोहोर्‍याएका छन्। अधिकारीहरूले यस खतरालाई नियन्त्रण गर्न जानकारी साझा गरेर सहयोग गर्न नागरिकहरूलाई आग्रह गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande