
मालदा, 01 अप्रेल (हि.स.)। जिल्लाको हरिश्चन्द्रपुरस्थित दौलतपुर क्षेत्रमा बुधवार भोटर लिस्टमा नाम नआएको कारणले मानिसहरूले व्यापक विरोध प्रदर्शन गरेको देखियो। बिहानदेखि शुरू भएको यो आन्दोलन यो समाचार लेखुञ्जेलसम्म पनि जारी थियो जसले गर्दा क्षेत्रको माहोल तनाउपूर्ण भएको छ।
प्रदर्शनकारीहरूको आरोप छ, सबै आवश्यक दस्तावेज जमा गरेर सुनवाईमा उपस्थित भएको भए पनि उनीहरूको नाम सप्लीमेन्ट्री भोटर लिस्टमा सामेल गरिएन। फलस्वरूप उनीहरू आगामी चुनाउमा मतदान गर्नदेखि वञ्चित भएका छन्। आक्रोशित स्थानीय मानिसहरूके सड़कमा टायर बालेर बाटो जाम गरिदिए। हातमा तिरंगा बोकेर प्रशासनको विरोधमा नाराबाजी गरे।
प्रदर्शनकारीहरूको भनाइ छ, उनीहरूलाई उच्च अधिकारीहरूबाट स्पष्ट आश्वासन प्रापत नहुञ्जेलस्म आन्दोलनलाई जारी राख्नेछन्। स्थानीय निवासीहरूको दाबी छ, उनीहरू पूर्खौंदेखिको यस क्षेत्रमा बस्दै आइरहेका छन्। उनीहरूसित सबै वैध पहिचान पत्र पनि छ। तथापि नाम सूचीबाट मेटिनु प्रशासनको ठूलो लापरबाही हो। उनीहरूले तुरून्तै आफ्नो नाम जोड़िदिने माग गरेका छन्।
स्थितिलाई नियन्त्रण गर्नको लागि क्षेत्रमा ठूलो संख्यामा पुलिस बललाई तैनाथ गरिएको छ। कुनै पनि अप्रिय घटनादेखि बच्नको लागि प्रशासनले लगातार स्थितिमाथि निगरानी राखिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा