
कोलकाता, 01 अप्रेल (हि.स.)। कोलकातामा राज्यको मुख्य निर्वाचन अधिकारी (सीईओ) कार्यालय बाहिर गए मंगलवारदेखि शुरू भएको तनाउ अबेर रातीसम्म जारी रह्यो। तथापि बुधवार बिहान त्यहाँ मानिसहरूको कुनै भीड़ देखिएन। ठूलो संख्यामा पुलिस बललाई तैनाथ गरिएको कारणले सम्पूर्ण क्षेत्र सुरक्षाको घेरोभित्र रह्यो। सीईओ कार्यालय बाहिर ठाउँ-ठाउँमा ब्यारिकेड लगाएर सुरक्षाको ठोस प्रबन्ध गरिएको छ।
बुधवार राज्यको सीईओ कार्यालयद्वारा एक्स (पूर्व ट्विटर)-मा एउटा पोस्ट जारी गरियो। उक्त पोस्टमा एउटा भीडियो साझा गर्दै दाबी गरियो, गए मंगलवार अबेर राती केही मानिसहरूले बेलेघटाका एकजना पार्षद सहित यहाँ आएर नाराबाजी गर्न थाले। आयोगले स्पष्ट पाऱ्यो, यस किसिमको असामाजिक गतिविधिहरूलाई कुनै पनि स्थितिमा सहन गरिनेछैन। स्वतन्त्र अनि निष्पक्ष चुनाउ सुनिश्चित गर्नको लागि एक महत्वपूर्ण कदम उठाइनेछ।
राज्यका मुख्य निर्वाचन अधिकारी मनोज अग्रवालले मंगलवार भनेका थिए, यदि सीईओ कार्यालय सामु भएको गड़बड़ीमा पुलिसले कारबाही गरेन भने चुनाउ आयोगले हस्तक्षेप गर्नेछ। उनले बताए, यस मामिलामा सेक्शन 163 लागू गरिएको छ जसलाई अजय नन्दाले लागू गरेका हुन्। त्यसैले कुनै पनि प्रकारको गड़बड़ी भए पुलिसले कानून अनुसार कारबाही गर्नुपर्छ।
उल्लेखनीय छ, मंगलवार अपरान्ह अचानक स्ट्रैंड रोडस्थित नयाँ सीईओ कार्यालय सामु केही तृणमूल समर्थक बीएलओ (बूथ लेभल अफिसर)-हरू पुगे। उनीहरूको आरोप थियो, केही मानिसहरूले ब्यागभरि फारम-6 लिएर सीईओ कार्यालयमा जमा गरिरहेका छन्। यसै आरोपलाई लिेर बीएलओहरूले विरोध प्रदर्सन पनि गरे। यसबीच त्यहाँ भाजपा कार्यकर्ताहरू पनि पुगे। दुवै पक्षबीच नाराबाजी शुरू भयो जसले गर्दा स्थिति तनाउपूर्ण भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा