एक दिवसीय चुनाउ प्रचारको लागि असम आइपुगिन् प्रियंका गान्धी
एक दिवसीय चुनाउ प्रचारको लागि असम आइपुगिन् प्रियंका गान्धी


डिब्रुगढ़ (असम), 01 अप्रेल (हि.स.)। असम विधानसभा चुनाउ- 2026 लाई मध्यनजर गर्दै बुधवार एक दिवसीय कार्यक्रमको साथमा कंग्रेस नेत्री एवं लोकसभा सांसद प्रियंका गान्धी वाड्रा माथिल्लो असमको डिब्रुगढ़ आइपुगेकी छन्। उनले माथिल्लो असमका तीन क्षेत्रहरू क्रमैले नाजिरा, टिंगखोंग औ खोंवांगमा चुनावी प्रचार गर्नका साथै जनसभाहरूलाई सम्बोधन गर्नेछन्।

कंग्रेस सांसद प्रियंका गान्धीको पहिलो जनसभा नाजिराको मेकिपुर चिया बगानस्थित पूजा मैदानमा आयोजना गरिएको छ। उनले नाजिरा निर्वाचन क्षेत्रमा विधानसभामा नेता प्रतिपक्ष एवं कंग्रेस उम्मेद्वार देवब्रत सैकियाको समर्थनमा चुनाउ प्रचार गर्नेछन्।

डिब्रुगढ़ हवाईअड्डामा आइपुगेकी प्रियंका गान्धीलाई स्वागत गर्नका लागि असम प्रदेश कंग्रेस कमिटी (एपीसीसी)- का अध्यक्ष गौरव गोगोई र एआईसीसीका महासचिव जितेन्द्र सिंह पुगे। यहाँ उनीहरूले कंग्रेस सांसदलाई भव्य स्वागत गरे। केही समयपछि प्रियंका गान्धी आफ्नो पहिलो चुनावी सभालाई सम्बोधन गर्नका लागि प्रस्थान भइन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande