
आसनसोल, 01 अप्रेल (हि.स.)। आसनसोलको काली पहाड़ीमा अवस्थित प्राचीन मन्दिरमा भएको तोड़फोड़को घटनाले स्थानीय मानिसहरूको भावनामा आघात मात्र नपुऱ्याएर सम्पूर्ण क्षेत्रको माहोल तनाउपूर्ण बनाइदिएको छ।
वार्ड नम्बर- 38 मा अवस्थित लगभग 200 वर्ष पुरानो यस मन्दिरमा गए मंगलवार राती श्रद्धालुहरूले माँ काली, भगवान शिव तथा भगवान हनुमानको क्षतिग्रस्त प्रतिमाहरू देखे। यस मन्दिरलाई क्षेत्रमा आस्थाको प्रमुख केन्द्र मानिन्छ, त्यसैले यस घटनाको कारणले स्थानीय मानिसहरूमा व्यापक आक्रोश फैलिएको छ। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले जाँच शुरू गरेको छ। यसबीच तनाउपूर्ण स्थितिलाई केन्द्र गर्दै सुरक्षाको ठोस व्यवस्था गरिएको छ।
स्थानीय मानिसहरूले यसलाई सामान्य तोड़फोड़ मात्र नभएर उनीहरूको धार्मिक आस्थामाथि हमला बताउँदै दोषीहरूलाई चांड़ै पक्राउ गर्ने माग गरेका छन्। यस मुद्दालाई लिएर राजनीतिक सक्रियता पनि बढ़ेको छ। आसनसोल दक्षिण विधानसभा सीटबाट भाजपा उम्मेद्वार अग्निमित्रा पालले घटनास्थलमा पुगेर स्थितिको जायजा लिएपछि सोझै आसनसोल दक्षिण थानामा पुगेर सिकायत दर्ता गराइन्। उनको साथमा आसनसोल उत्तरका भाजपा उम्मेद्वार कृष्णनेन्दु मुखर्जी पनि उपस्थित थिए।
थानामा कथित रूपमा थाना प्रभारी विश्वजित हालदारको व्यवहारदेखि रूष्ट भएर भाजपा कार्यकर्ता अनि नेताहरूले थाना घेराउ गरे। अबेर रातिसम्म सैकड़ौं कार्यकर्ताहरूले सड़कमा बसेर प्रदर्शन गर्दै स्पष्ट समय-सीमाभित्रमा दोषीहरूलाई पक्राउ गर्ने माग पुलिस समक्ष गरे।
यसबीच स्थानीय पार्षद मीना कुमारी हाँसदा औ वार्ड अध्यक्ष मनोज हाजरा पनि घटनास्थलमा पुगे। पार्षदले घटनाको निन्दा गर्दै यसलाई चुनावी माहोललाई खलबलाउने षड़यन्त्र बताए भने वार्ड अध्यक्षले मानिसहरूलाई शान्ति कायम राख्ने अनि अफवाहहरूदेखि टाड़ा बस्ने अपील गरे।
हाल पुलिसले सम्पूर्ण मामिलाको गम्भीर रूपमा जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा