
तिनसुकिया (असम), 01 अप्रेल (हि.स.)। आसन्न विधानसभा चुनाउपूर्व दुमदुमा क्षेत्रमा कंग्रेस पार्टीलाई ठूलो झट्का लागेको छ। पार्टीका हजारौं नेता, कार्यकर्ता एवं समर्थकहरू बुधवार कंग्रेसलाई छोड़ी भारतीय जनता पार्टी (भाजपा)-मा सामेल भए।
यस सामूहिक सामेलीकरणले क्षेत्रमा भाजपालाई ठूलो शक्ति प्रदान गरेको बताइँदैछ। स्थानीय भाजपा नेताहरूले नयाँ सदस्यहरूलाई स्वागत गर्दै भने, यो कदमले पार्टीप्रति जनताको बढ़्दो विश्वासलाई दर्शाउँछ।
सूत्र अनुसार यस सामेलीकरण कार्यक्रममा ठूलो संख्यामा मानिसहरूको उपस्थिति देखियो। कंग्रेसलाई छोड़्ने नेता अनि कार्यकर्ताहरूले पार्टी नेतृत्वदेखि असन्तुष्ट अनि दिशाको अभावमा आफूहरूले यो फसेला लिएको बताए।
राजनीतिक विश्लेषकहरूको मान्यता छ, यस घटनाक्रमले दुमदुमाको चुनावी समीकरणमाथि गम्भीर प्रभाव पार्नसक्छ। साथै भाजपालाई आफ्नो जनाधार बलियो बनाउनमा मद्दत मिल्नसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा