मतदानको तारिक नजिक आउनसाथ कलियाबारमा तीव्र भयो चुनाउ प्रचार
मतदानको तारिक नजिक आउनसाथ कलियाबारमा तीव्र भयो चुनाउ प्रचार


नगाउँ (असम), 01 अप्रेल (हि.स.)। मतदानको मिति जति-जति नजिकिँदै गइरहेको छ उति-उति नै क्षेत्रमा चुनाउ प्रचार पनि अधिक आकर्षण र तीव्र हुँदै गइरहेको छ।

कोलियाबरमा एनडीए गठबन्धनका उम्मेद्वार तथा मन्त्री केशव महन्तले आक्रामक ढंगमा आफ्नो प्रचार अभियानलाई तीव्रता दिएका छन्। विभिन्न जनसम्पर्क कार्यक्रम तथा सभाहरूको माध्यमबाट लगातार उनी मतदाताहरूमाझ पुगिरहेका छन्।

केशव महन्तको समर्थनमा ठूलो संख्यामा पुरूष एवं महिलाहरूको समूह प्रचारमा खटिरहेका छन् जसबाट क्षेत्रको चुनावी माहोल अझ बढ़ी बाफिलो हुँदै गइरहेको छ।

उल्लेखनीय छ, भाजपा समर्थकहरूले पनि पूर्ण सक्रियताको साथमा केशव महन्तको समर्थनमा चुनाउ प्रचारमा जुटेका छन्। अर्कोतिर विपक्षी पार्टीहरू- कंग्रेस, जातीय परिषद एवं राइजर दलले पनि संयुक्त रूपमा केशव महन्तलाई कड़ा चुनौती दिनका लागि जुटेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande