
पूर्व मेदिनीपुर, 01 अप्रेल (हि.स.)। मेदिनीपुर जिल्लाको पाँशकुड़ा रेलवे स्टेशनबाट रेल पुलिसले प्रचुर मात्रामा गाँजा जफत गरेको छ। गए मंगलवार राती जीआरपीले स्टेशन परिसरबाट लगभग 31 किलोग्राम गाँजा जफत गऱ्यो। यस मामिलामा एकजना व्यक्तिलाई पक्राउ गरिएको छ।
पुलिस सूत्र अनुसार दुई वटा ट्रली ब्यागभित्र 29 प्याकेट गाँजा राखिएको थियो। स्टेशनमा ड्यूटी गरिरहेका रेल पुलिसकर्मीहरूले ब्यागलाई संदिग्ध देखेपछि जाँच गरे। जाँचमा ब्यागभित्र प्रचुर मात्रामा मादक पदार्थ भेटियो जसलाई तत्कालै जफत गरियो।
मंगलवार राती प्रेस कन्फ्रेन्स आयोजना गरी खड़गपुर डिभीजनको जीआरपीका एसआरपी मितुन कुमार देले बताए, मामिलामा एकजना व्यक्तिलाई पक्राउ गरिएको छ। पुलिसले आरोपीसित जाँचबुझ गरी यो पत्तो लगाउने चेष्टा गरिरहेको छ कि उक्त गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ पुऱ्याइँदैथ्यो। साथै यस गिरोहमा को-को सामेल छ।
पुलिसले बतायो, आरोपीलाई बुधवार अदालतमा पेश गरिनेछ, त्यसपछि रिमाण्डमा लिएर जाँचबुझ गरिनेछ। अधिकारीहरू अनुसार आजभोलि गाँजा तस्करीको मामिलामा लगातार कारबाही गरिँदैछ। यस अवैध कारबारमाथि रोक लगाउनको लागि अभियानलाई तीव्रता दिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा