केशियाड़ीका समस्याहरूमाथि भाजपाले जारी गऱ्यो चार्जशीट
केशियाड़ीका समस्याहरूमाथि भाजपाले जारी गऱ्यो चार्जशीट


पश्चिम मेदिनीपुर, 01 अप्रेल (हि.स.)। जिल्लाको केशियाड़ी क्षेत्रको वर्तमान स्थितिलाई लिएर भारतीय जनता पार्टी (भाजपा) ले प्रशासनमाथि चर्को हमला गरेको छ।

गए मंगलवार राति केशियाड़ी चार नम्बर मण्डल कार्यालयमा आयोजित एक पत्रकार सम्मेलनको माध्यमबाट भाजपाले क्षेत्रका विभिन्न समस्याहरूलाई उठायो। यस अवधि केशियाड़ी विधनसभा क्षेत्रबाट भाजपा प्रत्याशी भद्र हेम्ब्रमले स्वयं उपस्थित भएर वर्तमान क्षेत्रको स्थितिलाई लिएर एउटा “चार्जशीट” पेश गरे।

पत्रकार सम्मेलनमा उनले मुख्य रूपमा सुवर्णरेखा नदीका तटवर्ती क्षेत्रहरूमा अवस्थित बालुवा घाटहरूबाट अवैध रूपमा बालुवा ढुवानी गरेको आरोप लगाए। उनले दाबी गरे, प्रशासनको आँखा अगाड़िबाटै यो अवैध कारबार व्यापक रूपमा भइरहेको छ।

उनले भने, बालुवा तस्करीसँगसँगै केशियाड़ी क्षेत्रको समग्र विकासको स्थिति पनि खस्किँदो छ। क्षेत्रका अधिकांश सड़कहरू अहिले पनि जर्जर अवस्थामै छन् जसले गर्दा आम मानिसहरूलाई विभिन्न समस्याको सामना गर्न परिरहेको छ।

भाजपा प्रत्याशीले आरोप लगाए, स्थानी प्रशासनको विफलता अनि लामो समयदेखिकै चलिआएको उपेक्षाले गर्दा क्षेत्रको यो अवस्था भएको हो जसलाई उनले आफ्नो “चार्जशीट”- को माध्यमबाट जनता सामु राक्ने प्रयास गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande