गुवाहाटीको खारघुलीमा भीषण पैह्रो, लोकभवनसम्म सड़क क्षतिग्रस्त
गुवाहाटीको खारघुलीमा भीषण पैह्रो, लोकभवनसम्म सड़क क्षतिग्रस्त


गुवाहाटी, 01 अप्रेल (हि.स.)। शहरको खारघुली क्षेत्रमा गए मंगलवार राती भीषण पैह्रो गएको समाचार प्राप्त भएको छ। पैह्रोको कारणले लोकभवन र खारघुलीलाई जोड़्ने सड़क मार्ग प्रभावित भएको छ।

अविरल वर्षाको कारणले माटो कमजोर भएर यो पैह्रो गएको हो। यस अवधि निर्माणाधिन सड़कको एक भागलाई पनि पैह्रोले सोहोरेर लग्यो जसले गर्दा आवागमन बाधित भयो।

प्रशासनले स्थितिको मूल्यांकन गरिरहेको छ। अवशेषहरूलाी हटाएर आवागमन बहाल गर्ने प्रयास जारी छ। हाल कुनै पनि प्रकारको जनहानि भएको सूचना प्राप्त भएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande