नानुरमा ममता ब्यानर्जीको आरोप- गरीबहरूको ब्यांक खाताको जानकारी हासिल गर्ने प्रयास भाजपाले गरिरहेको छ
नानुरमा ममता ब्यानर्जीको आरोप- गरीबहरूको ब्यांक खाताको जानकारी हासिल गर्ने प्रयास भाजपाले गरिरहेको छ


कोलकाता, 01 अप्रैल (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउ- 2026 को प्रचार-प्रचार अन्तर्गत बुधवार बीरभूम जिल्लाको नानूरमा आयोजित एक जनसभामा मुख्यमन्त्री ममता ब्यानर्जीले भारतीय जनता पार्टी (भाजपा)-माथि तीव्र प्रहार गरिन्। उनले आरोप लगाइन्, भाजपाले गरीब मानिसहरूको ब्यांक खाताको जानकारी लिने चेष्टा गरिरहेको छ।

ममता ब्यानर्जीले भनिन्, बिहारमा चुनाउपूर्व मानिसहरूको खातामा सुटुक्क 8 हजार रुपियाँ स्थानान्तरण गरिएको थियो। यहाँ पनि गरीब मानिसहरूको ब्यांक खाता मागिँदैछ। होशियार बसौ, आफ्नो खाताका जानकारी कसैलाई पनि नदिऔं। पैसा दिने नाममा खातामा भएको पैसा पनि निकाल्नसक्छ।

तृणमूल कंग्रेस प्रमुखले भनिन्, भाजपाले तृणमूललाई चोर भन्छ जबकि भाजपा नेताहरूविरूद्ध जाँच गर्ने माग उठिसकेको छ। उनले भनिन्, उनीसित पनि यस्ता दस्तावेजहरू छन्। उनले दाबी गरिन्, तृणमूल कंग्रेसले केही लुटेको छैन, यसको विपरीत बाजपाले सबै कुरा लुटेको छ।

ममता ब्यानर्जीले मतदाता सूचीबाट नाम कटिएको मुद्दा पनि उठाइन्। उनले भनिन्, सबैभन्दा अधिक महिलाहरूकको नाम काटिएको छ। विशेष गरी ती महिलाहरू जो विवाह गरेर पतिको घरमा गएपछि उनीहरूको उपनाम परिवर्तन भएको छ।

मुख्यमन्त्रीले केन्द्र सरकारमाथि सय दिने रोजगार योजनाको राशि रोकेको आरोप लगाउँदै अघि भनिन्, योजनाको नामबाट महात्मा गान्धीको नामै हटाइएको छ। यसको जवाफमा राज्य सरकारले ‘महात्माश्री’ योजना शुरू गरेको छ।

भान्सा ग्यासको मूल्य वृद्धिको मुद्दा उठाउँदै उनले भनिन्, चुनाउपछि स्थिति अझ कठिन हुनसक्छ। उनले भनिन्, राज् सरकारले निःशुल्क राशन दिरहेको छ। तर यसको श्रेय भाजपाले लिने प्रयास गरिरहेको छ।

ममता ब्यानर्जीले मतदाता सूचीसित सम्बन्धित एक मामिलामा उच्चतम न्यायालयको निर्देशप्रति सन्तोष व्यक्त गरिन्। उनले आरोप लगाइन्, फारम-6 को माध्यमबाट बाहिरका मानिसहरूको नाम जोड़्ने प्रयास भइरहेको थियो जसमाथि न्यायालयले रोक लगाइदिएको छ।

उनले भनिन्, ‘युवसाथी’ योजना कुनै भत्ता होइन, युवाहरूको लागि पकेट मनी जस्तै सहायता हो। उनले भरोसा दिलाइन्, आवेदन गरेर पनि यसको लाभ पाउन नसकेका मानिसहरूले पनि पैसा पाउनेछन्। उनले लक्ष्मी भण्डार योजनाका लाभार्थीहरूको पनि उल्लेख गरिन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande