
कोलकाता, 01 अप्रेल (हि.स.)। चुनाउ आयोगले पश्चिम बंगालको नादिया जिल्लामा मतदान प्रशिक्षण कार्यक्रममा भएको हिंसाको मामिलामा कड़ा कारबाही गर्दै एकजना खण्ड विकास अधिकारी (बीडीओ)-लाई निलम्बन गर्ने आदेश दिएको छ। साथै सम्बन्धित बीडीओविरूद्ध विभागीय कारबाही शुरू गर्ने निर्देश पनि दिइएको छ।
यो घटना गत 27 मार्चको दिन हंसखाली खण्डको एक स्कूलमा आयोजित पीठासीन औ मतदान अधिकारीहरूको प्रशिक्षण कार्यक्रममा भएको थियो जसमा एकजना शिक्षकको शिरमा चोट लागेको थियो। यस मामिलामा रानाघाट थानामा प्राथमिकी दर्ता गरिएको छ।
चुनाउ आयोगले राज्य प्रशासनलाई पठाएको आफ्नो पत्रमा भनेको छ, हंसखालीका बीडीओ सायंतन भट्टचार्य जो पश्चिम बंगाल सिभिल सेवा (कार्यकारी)- का अधिकारी हुन् र प्रशिक्षण कार्यक्रमका समग्र प्रभारी थिए,-लाई आफ्नो चुनावी दायित्वको निर्वहनमा मानक प्रोटोकललाई पालन गर्नमा विफल देखियो।
आदेशमा भनिएको छ, प्रभारी अधिकारीको लापरवाहीले गर्दा यस घटनाले स्वतन्त्र, निष्पक्ष एवं पारदर्शी चुनाउ गराउने आयोगका प्रयासहरूमाथि प्रतिकूल प्रभाव पारेको छ।
आयोगले निर्देश दिएको छ, सायंतन भट्टचार्यलाई तत्काल प्रभावदेखि निलम्बन गरियोस् अनि उनीविरूद्ध विभागीय कारबाही शुरू गरियोस्।
चुनाव आयोगले राज्य प्रशासनलाई तत्काल निर्देशहरूलाई पालन गर्ने अनि अनुपालन रिपोर्ट सुम्पिने निर्देश पनि दिएको छ।
घाइते शिक्षकको पहिचान सैकत चट्टोपाध्यायको रूपमा भएको छ। आरोप छ, उनले प्रशिक्षण शुरू हुनअघि एक सरकारी विज्ञापन देखाएकोमा आपत्ति जनाएका थिए।
प्रतिभागीहरू अनुसार प्रशिक्षण शुरू हुनअघि प्रोजेक्टरमा मुख्यमन्त्रीको तस्वीर भएको एक सरकारी विज्ञापन देखाइएको थियो। केही मतदान अदिकारीहरूले यसलाई आदर्श आचार संहिताको उल्लंघन बताउँदै आपत्ति जनाएका थिए।
सैकत चट्टोपाध्यायले आरोप लगाए, आचार संहिता लागू भए पनि मुख्यमन्त्रीको तस्वीर भएको विज्ञापन देखाएकोमा प्रश्न उठाएकै कारणले तिनीमाथि कुटपिट तता धम्की दिइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा