
सिलगढ़ी, 01 अप्रैल (हि. स.)। शान्तिनगर बऊ बजार क्षेत्रमा एक जना युवकको गलफन्दामा झुण्डिरहेको शव भेटियो। मृत युवकको पहिचान पंकज मित्राको रूपमा भएको छ। घटनापछि क्षेत्रमा सन्त्राष फैलिएको छ।
स्थानीय सूत्र अनुसार पेशाले इञ्जीनियर पंकज मित्र पछिल्लो 6 वर्षदेखिकै भाड़ाको घरमा बस्दै आइरहेका थिए। बुधवार बिहान उक्त घरमा बस्ने अर्को भाड़ावालले पंकजको शवलाई देखे। त्यसपछि घटनाको सूचना आशिघर चौकी पुलिसलाई दिइयो। पुलिसले घटनास्थलमाा पुगेर शवलाई कब्जामा लिई पोस्टमर्टम गर्नको लागि सिलगढ़ी जिल्ला अस्पतालमा पठाइदियो।
प्राथमिक जानकारी अनुसार युवक घरमा एक्लै बस्थे। घटना पछाड़ीको कारण स्पष्ट हुन सकेको छैन। पुलिस मामिलाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा