कंग्रेसका प्रदेश महासचिव आंजरूल हक जनीले दिए राजीनामा
कंग्रेसका प्रदेश महासचिव आंजरूल हक जनीले दिए राजीनामा


मालदा, 01 अप्रेल (हि. स.)। जिल्लाको चाँचल विधानसभा क्षेत्रमा कंग्रेस उम्मेद्वार घोषणा भएपछि शुरू भएको विवादले अब गम्भीर रूप लिसकेको छ। गए मंगलवार राति जिल्ला कंग्रेसका प्रदेश महासचिव आंजरूल हक जनीले आफ्नो राजीनामा दिए जसले गर्दा क्षेत्रको राजनीतिमा खैलाबैला मचिएको छ।

जनीले जिल्लाध्यक्ष ईशा खान चौधरीमाथि केही आरोप लगाउँदै भने, उम्मेद्वार घोषणा भएदेखि नै कार्यकर्ताहरूमा व्यापक असन्तुष्टि व्याप्त भएको छ, तर जिल्ला नेतृत्वले उनको कुरा सुन्ने प्रयासै गरेन। यसको विपरीत उनलाई नै ‘पार्टी विरोधी गतिविधि’ गरेको आरोपमा शो-कज नोटिस दिइयो। आफ्नो पक्षमा जनीले स्पष्ट रूपमा भने, उनको विरोध प्रदर्शनसित कुनै सरोकार छैन, उनी केही दिनदेखिको घरमै थिए। तथापि उनलाई लक्षित गरियो। उनले आरोप लगाए, जिल्लाध्यक्षले फोनमा उनलाई धम्की पनि दिए। नेतृत्वले कार्यकर्ताहरूको भावनालाई ओझेलमा राखेर एकतर्फी फसेला गरिरहेको छ जसको विरोधमा उनले यो कदम उठाएका हुन्।

राजनीतिक विश्लेषकहरूको मान्यता छ, चुनावी माहोलमा यस किसिमको राजीनामा तता जनी समर्थकहरूको निर्दलीय उम्मेद्वाारको रूपमा चुनाउ लड़्ने सम्भावनाले कंग्रेसको भोट व्याकलाई प्रभावित पार्नसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande