बिहानदेखि अबेर रातीसम्म चुनाउ प्रचारमा जुटिरहिन् ममता ब्यनर्जी, आज पनि व्यस्त कार्यसूची
बिहानदेखि अबेर रातीसम्म चुनाउ प्रचारमा जुटिरहिन् ममता ब्यनर्जी, आज पनि व्यस्त कार्यसूची


मेदिनीपुर, 1 अप्रेल (हि.स.)। पश्चिम बंगालकी मुख्यमंन्त्री ममता ब्यनर्जीले गए मंगलवार बिहानदेखि अबेर रातीसम्म पश्चिम मेदिनीपुर तथा बाँकुड़ा जिल्लामा केही चुनावी सभा तथा बैठकहरूलाई सम्बोधन गरिन्। चन्द्रकोणा, गढ़बेता औ विष्णुपुरमा आयोजित सभाहरूमा उर्लिएको भीड़लाई सम्बोधन गर्दै उनले भनिन्, जनताको यो अपार समर्थन नै उनको सबैभन्दा ठूलो शक्ति हो जसले यो स्पष्ट पार्छ कि राज्यमा विकासको राजनीतिले नै समर्थन पाउनेछ।

मुख्यमन्त्रीले वर्तमान राजनीतिक परिस्थितिमाथि कटाक्ष गर्दै कविगुरू रवीन्द्रनाथ ठाकुरका पंक्तिहरूको उल्लेख गरिन्- नागिनहरूले चारैतिर विषालु सास फालिरहेका छन्। उनले भनिन्, शान्ति अनि सौहार्दका कुराहरूको जब उपहाश गरिन्छ, तब लोकतन्त्रको रक्षाको लागि जनता नै अगाड़ि आउनुपर्छ।

उनले भाजपालाई लक्षित गर्दै भनिन्, “दिल्लीका जमीन्दार”-हरूले बंगालको धरतीमा साम्प्रदायिकता फैलाएर सत्ता हासिल गर्न चाहन्छन्। मुख्यमन्त्रीले आरोप लगाइन्, बंगालको संस्कृति तथा अस्मिताको अपमान गर्ने तथा जनताका लोकतान्त्रिक अधिकारहरूलाई दमन गर्ने प्रयास गर्नेहरूलाई राज्यका जनताले कहिल्यै माफ गर्ने छैनन्।

ममता ब्यनर्जीले आफ्नो भाषणमा मेदिनीपुर, खड़गपुर (ग्रामीण), शालबनी, ओंदा औ कोतलपुर सहित विभिन्न क्षेत्रहरूका तृणमूल उम्मेद्वारहरूको समर्थनमा मतदान गर्ने अपील गर्दै भनिन्, बंगालका जनताले एकजुट भएर कुप्रचार तथा विभाजनकारी राजनीतिको विरोधमा मतदान गर्नेछन् साथै लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्नेछन्।

गए मंगलवारका ऱ्यालीहरूपछि मुख्यमन्त्रीको चुनावी अभियान बुधवार पनि जारी छ। निर्धारित कार्यक्रम अनुसार उनले आज बीरभूम जिल्लाको नानूर विधानसभा क्षेत्र अन्तर्गत अल-अमिन मोडल स्कूल पापुरी ग्राउण्डमा जनसभालाई सम्बोधन गर्नेछन् जहाँ पार्टी उम्मेद्वारहरूले बिधान चन्द्र माझीको पक्षमा जनतासित समर्थन माग्नेछन्। त्यसपछि मुर्शिदाबाद जिल्लाको बुरवान विधानसबा क्षेत्रको डाकबंगला किशन मण्डी ग्राउण्डमा प्रतिमा रजकको समर्थनमा सभालाई सम्बोधन र्नेछन्। जंगीपुरको भोलाडांगा फुटबल ग्राउण्डमा नबग्राम विधानसभा क्षेत्रबाट उम्मेद्वार प्रणब चन्द्र दासको समर्थनमा जनसभा पनि आज नै गर्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande