
कोलकाता, 15 अप्रेल (हि.स.)। जिल्लाको फलता क्षेत्रमा भाजपा उम्मेदवारको चुनाउ अभियानमा बाधा दिएको आरोप तृणमूलमाथि लगाइएको छ।
सूत्र अनुसार बुधवार बिहान चुनाउ प्रचारमा हिँड़ेका भाजपा उम्मेदवार देवांग्शु पाण्डालाई फलता क्षेत्रमा प्रतिरोधको सामना गर्नु पऱ्यो। चुनाउ आयोगको पक्षबाट बिहान 7 बजेदेखि अपरान्ह 1 बजेसम्म चुनाउ प्रचार गर्ने अनुमति दिइएको थियो। आरोप छ, अनुमति दिएको भए पनि उनलाई भदुरा चौरस्तामा पुलिसको अगाड़ि नै रोक्यो।
आरोप छ, भदुरा चौरस्तामा भेला भएर बसेका केही तृणमूल कार्यकर्ताहरूले पुलिसको अगाड़ि नै भाजपा उम्मेदवारलाई रोके, तर पुलिस मुकदर्शक बनिरह्यो।
भाजपा उम्मेदवारले आरोप लगाए, तृणमूल कंग्रेसले नियोजित ढंगमा बाधा दिरहेको छ। यस मामिलालाई उनले चुनाउ आयोग समक्ष उठाउनेछन्। अर्कोतिर तृणमूल कंग्रेसले भाजपाको उक्त आरोपलाई अस्वीकार गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा