
गान्तोक, 15 अप्रेल (हि.स.)। राजधानीको ताथाङ्गचेनमा चोरी भएको घटना प्रकाशमा आएको छ। स्थानीय एक व्यक्तिको घरबाट लाखौं रूपियॉंको सूनका गर गहना र नगद चोरी गरिएको छ।
सदर थाना क्षेत्र अन्तर्गत ताथाङ्गचेनमा स्थानीय एक व्यक्तिको घरमा चोरी भएको छ। गत सोमवार बिहान 9:30 बजीदेखि दिउॅंसो 12 बजीबीच अज्ञात व्यक्ति (हरू) घरभित्र पसेर लगभग 9 लाख रूपियॉंको पॉंच तोला सूनका गहनाहरू र 26 हजार नगद चोरी गरेको पुलिसले बताएको छ। पैसा र गहनाहरू लकरमा राखिएका थिए।
पुलिसले घटनाको सम्बन्धमा भारतीय न्याय संहिता, 2023 को धारा 305(ए)/331(3) अन्तर्गत मामिला दर्ता गरी जॉंच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल