सुप्रीम कोर्टको स्थगन आदेश पश्चात पवन खेड़ामाथि कारबाही गर्ने बाटो खोलियो: बिजन महाजन
सुप्रीम कोर्टको स्थगन आदेश पश्चात पवन खेड़ामाथि कारबाही गर्ने बाटो खोलियो: बिजन महाजन


गुवाहाटी, 15 अप्रेल (हि.स.)। उच्चतम न्यायालयद्वारा कंग्रेसका वरिष्ठ नेता पवन खेड़ालाई दिइएको ट्रान्जिट जमानतमाथि रोक लगाइएपछि असम पुलिसको लागि उनीविरूद्ध कारबाही गर्ने बाटो खोलिएको छ। वरिष्ठ अधिवक्ता बिजन महाजनले बुधवार भने, अब जाँचको हितमा असम पुलिसले पवन खेलाड़ालाई पक्राउ गर्नसक्छ।

उनले बताए, तेलंगाना उच्च न्यायालयद्वारा दिइएको ट्रान्जित जमानतलाई चुनौती दिइएको थियो जसमाथि सुनवाई गर्दै उच्चतम न्यायालयले स्थगन आदेश जारी गऱ्यो। सो फसेलापछि अब कानून अनुसार कड़ा कारबाही गर्न सकिन्छ।

मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले पनि सोशल मीडियामा यसमाथि प्रतिक्रिया व्यक्त गर्दै भने, कानूनले आफ्नो काम गर्नेछ भने सम्बन्धित एजेन्सीले विधि अनुसार कारबाही गर्नेछ। उनले भने, उच्चतम न्यायालयको यस आदेश पश्चात अब असम पुलिसलाई आवश्यक कदम उठाउनमा कुनै बाधा हुनेछैन।

उल्लेखनीय छ, उच्चतम न्यायालयको उक्त निर्णयपछि पवन खेड़ाविरूद्ध भइरहेको जाँचमा तीव्रता आउने सम्भावना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande