मुख्यमन्त्री डा.सरमाले असमिया नववर्षमा सबैलाई दिए शुभकामना
मुख्यमन्त्री डा.सरमाले असमिया नववर्षमा सबैलाई दिए शुभकामना


गुवाहाटी, 15 अप्रेल (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले असमिया नव वर्षको अवसरमा सबैलाई आफ्नो शुभकामना प्रेषित गरेका छन्। उल्लेखनीय छ, रंगाली बिहूलाई मध्यनजर गर्दै राज्यभरि नै ठूलो उत्साह छाएको छ। चारैतिर ढोल, पेपा र गगनाको आवाजले मानिसहरूमा नवीनताको सञ्चार भइरहेको छ।

मुख्यमन्त्री डा. सरमाले सोशल मीडियामा आज साझा एक सन्देशमा भने, सबैलाई नव वर्षको हार्दिक शुभकामना, स्नेह तथा माया। नयाँ सालले सबैको जीवनमा खुशी, शान्ति एवं समृद्धिको मधुर सन्देश ल्याओस्। नववर्षमा नयाँ उत्साहको साथमा असमको सर्वाङ्गीण विकासको उद्देश्य बोकेर निरन्तर मिहेनत गरौं, यसै कामनाको साथमा वैशाख महिनाको पहिलो बिहान उनी सबैको आशीर्वादको लागि प्रार्थना गर्दछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande