कार्यकर्ताहरूको पक्राउको विरोधमा भाजपा उम्मेद्वारद्वारा थाना घेराउ
कार्यकर्ताहरूको पक्राउको विरोधमा भाजपा उम्मेद्वारद्वारा थाना घेराउ


आसनसोल, 15 अप्रेल (हि.स.)। दुर्गापुर पश्चिम विधानसभा सीटका उम्मेद्वार लखन गुरुको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले गए मंगलवार अबेर राति पश्चिम क्षेत्रमा थाना घेराउ गरे। पार्टी नेताहरूको नेतृत्वमा कार्यकर्ताहरूले प्रदर्शन गर्दै दोषीहरू विरूद्ध कड़ा कारबाही गर्ने माग गरे।

तनाउपूर्ण स्थितिलाई मध्यनजर गर्दै क्षेत्रमा अतिरिक्त पुलिस बललाई तैनाथ गरिएको छ भने स्थितिमाथि निरन्तर नजर राखिँदैछ। उल्लेखनीय छ, दुर्गापुरको बाँकुड़ा मोड़ क्षेत्रमा केन्द्रिय गृह मन्त्री अमित शाहको आगामी सोमवार प्रस्तावित रोड शो पूर्व माहोल अचानक तनाउपूर्ण भएको छ। यस अवधि भारतीय जनता पार्टी (भाजपा) र तृणमूल कंग्रेस ( टीएमसी) समर्थकहरूबीच झड़प भयो जसले गर्दा क्षेत्र अशान्त बन्यो।

घटनाको सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गर्ने प्रयास गऱ्यो। यस अवधि केही मानिसहरू घाइते भए जसलाई दुर्गापुर महकुमा अस्पतालमा भर्ती गरिएको छ। प्रत्यक्षदर्शीहरू अनुसार योग मन्दिर सामु माइक बन्द गराएको विषयमा विवाद शुरू भएको थियो जुन हेर्दा-हेर्दै हिंसक झड़पमा परिणत भयो। दुवै पक्षले एका-अर्कामाथि हमला गरेको तथा ढुङ्गामुड़ा गरेको आरोप लगाएका छन्।

भाजपाद्वारा आरोप लगाइएको छ, पार्टी कार्यकर्ताहरूमाथि तृणमूल समर्थित असामाजिक तत्वहरूले हमला गरे। अर्कोतिर तृणमूल कंग्रेसले उक्त आरोपलाई खारेज गर्दै भन्यो, भाजपा समर्थकहरूले पहिला उक्साउने काम गरे। घटनाका केही भीडियोहरू सोशल मीडियामा पनि भाइरल भइरहेका छन् जसमा झड़प र भागदौड़को दृश्य देख्न सकिन्छ।

पुलिसले मामिलामाथि तत्काल कारबाही गर्दै केही मानिसहरूलाई हिरासतमा लिएको छ। भाजपा नेताहरूले माग गरेका छन्, सबै आरोपीहरूलाई चाँड़ै पक्राउ गरियोस् भनि घटनाको निष्पक्ष जाँच होस्। तृणमूल कंग्रेसका नेताहरूले पनि कानून व्यवस्थालाई कायम राख्ने अपील गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande