हिमन्त बिस्व सरमा पुनः मुख्यमन्त्री बन्नेछन्: भविष्यवाणी
हिमन्त बिस्व सरमा पुनः मुख्यमन्त्री बन्नेछन्: भविष्यवाणी


बरपेटा (असम), 15 अप्रेल (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा दोस्रो पटक मुख्यमन्त्री बन्ने भविष्यवाणी गरिएको छ। यो भविष्यवाणी बरपेटा सत्रमा बुधवार गरिएको हो जसले स्थानीय स्तरमा ठूलो चर्चा बटुलेको छ।

बरपेटा सत्रका दैवज्ञ त्रिदीप शर्मा दलोईले पारम्परिक ‘वर्षफल’ गणनाको आधारमा सो दाबी गरे। उनी अनुसार आगामी विधानसभा चुनाउको परिणाम अनुसार भाजपा नेतृत्वाधिन गठबन्धनले 85-90 वटा सीट हासिल गर्नसक्छ।

धार्मिक औ ज्योतिषीय परम्पराहरूमाथि आधारित यस भविष्यवाणीलाई लिएर क्षेत्रमा उत्सुकताको माहोल सृजना भएको छ भने अर्कोतिर राजनीतिक जगतमा पनि यसलाई लिएर चर्चा चुलिएको छ। ज्ञात रहोस्, प्रतिवर्ष नव वर्षमा वार्षिक पंचांग जारी गरिन्छ जसमा विभिन्न प्रकारका भविष्यहरू गरिन्छ। असमिया नव वर्षको आज पहिलो दिन हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande