पहिलो चरण चुनाउको लागि 2407 कम्पनी केन्द्रिय बललाई तैनाथ गरिने
पहिलो चरण चुनाउको लागि 2407 कम्पनी केन्द्रिय बललाई तैनाथ गरिने


कोलकाता, 15 अप्रेल (हि.स.)। पश्चिम बंगालमा आगामी 23 अप्रेलको दिन हुन गइरहेको विधानसभा चुनाउको पहिलो चरणलाई लिएर चुनाउ आयोगले केन्द्रिय बलहरू तैनाथ गर्ने विस्तृत योजना जारी गरेको छ। आयोग मुताविक पहिलो चरणमा केन्द्रिय सशस्त्र बलहरूका 2,407 कम्पनीहरूलाई तैनाथ गरिनेछ ताकि निष्पक्ष तथा शान्तिपूर्ण मतदान सुनिश्चित गर्न सकियोस्।

पहिलो चरणमा उत्तर बंगालका सबै जिल्लाहरूमा मतदान हुनेछ जसमा दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, अलिपुरद्वार, कुचबिहार, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर तथा मालदा सामेल छन्। यसको साथै जंगलमहल क्षेत्रका झाड़ग्राम, पुरुलिया र बाँकुड़ा, तथा बीरभूम, मुर्शिदाबाद, पूर्व औ पश्चिम मेदिनीपुर एवं पश्चिम बर्धमानमा पनि यसै चरणमा मतदान गराइनेछ।

आयोगको आँकड़ा अनुसार मुर्शिदाबादमा सबैभन्दा अधिक केन्द्रिय बलहरूलाई तैनाथ गरिँदैछ। यस जिल्लालाई दुई वटा पुलिस जिल्ला क्रमैले मुर्शिदाबाद र जंगीपुरमा विभाजन गरिएको छ। यहाँ 316 कम्पनी तैनाथ हुनेछ जसमधये 240 कम्पनी मुर्शिदाबाद जिल्लामा र 76 कम्पनी जंगीपुरमा हुनेछ।

मुर्शिदाबादपछि पूर्व मेदिनीपुरमा 273 कम्पनी तैनाथ गरिँदैछ। यस जिल्लामा नन्दीग्राम विधानसभा सीट पनि पर्छ जहाँ भाजपाका उम्मेद्वार तथा विधानसभामा विपक्षका नेता शुभेन्दु अधिकारीको भिड़न्त तृणमूल कंग्रेसको पवित्र करसित हुनेछ। पश्चिम मेदिनीपुरमा 271 कम्पनी केन्द्रिय बललाई तैनाथ गर्ने योजना छ।

यस अतिरिक्त बाँकुड़ामा 193 कम्पनी, बीरभूममा 176, मालदामा 172, पुरुलियामा 151 औ कुचबिहारमा 146 कम्पनी तैनाथ गरिनेछ भने दक्षिण दिनाजपुरमा 83, झाड़ग्राममा 74, दार्जीलिङमा 61, कालेबुङमा 21, जलपाईगुड़ीमा 92 र अलिपुरद्वारमा 77 कम्पनी तैनाथ हुनेछ।

उत्तर दिनाजपुर जिल्लालाई पनि दुई पुलिस जिल्ला क्रमैले इस्लामपुर र रायगञ्जमा विभाजन गरिएको छ। यहाँ क्रमशः 61 औ 71 कम्पनीलाई तैनाथ गरिनेछ अर्थात मोठ 132 कम्पनी यस जिल्लामा तैनाथ रहनेछ। यता सिलगढ़ी र आसनसोल-दुर्गापुर पुलिस कमिश्नरेट क्षेत्रहरूमा क्रमशः 44 औ 125 कम्पनी केन्द्रिय बलहरूलाई तैनाथ गरिनेछ।

चुनाउ आयोगले निर्देश दिएको छ, पहिलो चरणको मतदानपूर्व अर्थात आगामी सोमवारसम्ममा सबै केन्द्रिय बलहरूलाई तैनाथ गर्ने कार्यलाई पूरा गरियोस् ताकि आगामी 23 अप्रेलमा मतदान पूर्ण सुरक्षित माहोलमा सम्पन्न हुनसकोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande