
माजुली (असम), 15 अप्रेल (हि.स.)। लगभग 300 वर्ष पुरानो परम्परालाई कायम राख्दै माजुलीको आउनीआटी सत्र (मठ) मा बहाग (वैशाख) को पहिलो दिन आज पारम्परिक ‘बोका खेल’ (हिलो खेल) को आयोजन गरियो जसमा सत्रका भक्त अनि वैष्णवहरूले उत्साहपूर्वक भाग लिए।
यस अनौठो परम्परा अन्तर्गत सत्र परिसरमा भक्तहरूले हिलो खेलेर आनन्द व्यक्त गरे जसले असमको समृद्ध सांस्कृतिक धरोहर तथा रंगाली बिहूको उमंगलाई दर्शाउँछ। सम्पूर्ण वातावरणमा उत्सवको माहोल देख्न पाइयो।
पूर्खौंदेखि चलिआएको यस परम्परालाई आज पनि श्रद्धा अनि उत्साहको साथमा निर्वाह गरिन्छ। यस अवधि भक्त अनि वैष्णवहरूमा विशेष उत्साह देखियो ज सले यस आयोजनको माद्यमबाट आफ्नो सांस्कृतिक आस्था र आनन्दलाई प्रदर्शन गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा