बंगला नववर्षको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजित
बंगला नववर्षको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजित


सिलगढ़ी, 15 अप्रेल (हि.स.)। बंगला नववर्षको अवसरमा बुधवार सिलगढ़ी नगरनिगमको पहलमा बाघाजतिन पार्कमा एक भव्य कार्यक्रमको आयोजन गरियो। शहरको संस्कृति औ परम्परालाई प्रदर्शन गर्नको लागि आयोजित यस कार्यक्रममा मेयर गौतम देव, डिप्टी मेयर रञ्जन सरकार, मेयर परिषदका सदस्यगण, विभिन्न वार्डहरूका पार्षदगण तथा शहरका केही गणमान्य व्यक्तिहरू उपस्थित थिए।

कार्यक्रमको शुरुआत आकर्षक सांस्कृतिक प्रस्तुतिबाट भयो। स्थानीय कलाकारहरूको गीत, नृत्य एवं कविताहरूले उत्सवपूर्अण माहोललाई अझ जीवन्त बनाइदियो। त्यसपछि विश्वकवि रवीन्द्रनाथ ठाकुरको प्रतिमामा माल्यार्पण गरी उनलाई श्रद्धाञ्जली अर्पण गरियो।

ततपश्चात बाघाजतिन पार्कबाट एउटा भव्य शोभायात्रा निकालियो जुन शहरका प्रमुख मार्गहरु हुँदै सूर्य सेन पार्क सामु पुगेर समाप्त भयो। यस शोभायात्रामा विभिन्न सांस्कृतिक संगठनहरू, शिक्षण संस्थानहरूका विद्यार्थीहरू तथा आम नागरिकहरूले व्यापक रूपमा भाग लिएका थिेए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande