
बीरभूम, 15 अप्रेल (हि.स.)। पश्चिम बंगालमा बंगाली नववर्ष (पोईला वैशाख)- को अवसरमा प्रसिद्ध तारापीठ मन्दिरमा पछिल्लो वर्ष सरह यसपालि पनि श्रद्धालुहरूको व्यापक भीड़ उर्लियो। सूर्योदय हुन अगावै टाड़ा-टाड़ाबाट आएका भक्तहरूलाई हातमा पूजाको डाला (फूल-प्रसादको टोकरी) लिएर पंक्तिबद्ध भएर बसेको देखियो।
बंगालमा नववर्षको दिनलाई मानिसहरूले विशेष प्रकारले मनाउँछन् भने अधिकांश मानिसहरूको दिनको शुरूआत पूजा-अर्चनाबाट गर्दछन्। त्यसैले पोइला बैशाख- को दिन तारापीठमा प्रत्येक वर्ष नै श्रद्धालुहरूको व्यापक भीड़ एकत्र भएको हुन्छ। टाड़ा-टाड़ाबाट आएका श्रद्धालुहरूसँगसँगै स्थानीय व्यापारीहरू पनि माँ ताराको आशीर्वाद लिन मन्दिर पुगे।
यस अवसरमा रामपुरहाट विधानसभा क्षेत्रका भाजपा उम्मेद्वार ध्रुव साहा र तृणमूल कंग्रेसका उम्मेद्वार आशिष बन्द्योपाध्यायले पनि ताराको पूजा-अर्चना गरी राज्यवासीहरूको सुख-समृद्धिको लागि प्रार्थना गरे।
परम्परा अनुसार बिहान सबेरै माँ तारालाई स्नान गराइयो, त्यसपछि मंगल आरती सम्पन्न भयो। त्यसपछि विधि-विधान पूर्पक मन्दिरको गर्भगृहको द्वार आम श्रद्धालुहरूको लागि खोलियो।
बुधवार अपरान्ह माँ तारालाई विशेष भोग अर्पण गरियो। यस भोगमा चामल, दाल र पाँच प्रकारका सब्जी, पाँच प्रकारका मिठाई, पुलाउ, शोल माछा भुटेको तथा खीर सामेल थियो।
नववर्षको पहिलो दिन तारापीठमा श्रद्धालुहरूको व्यापक भीड़लाई केन्द्र गर्दै मन्दिर समितिले विशेष प्रबन्ध गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा