
इम्फाल, 15 अप्रेल (हि.स.)। मणिपुरको राजधानी इम्फालस्थित तुलिहाल हवाईअड्डामा संचालित संयुक्त सुरक्षा अभियानमा एकजना संदिग्ध मादक तस्करलाई पक्राउ गरियो। पछि विष्णुपुर जिल्लामा भएको कारबाही अवधि स्थिति तनाउपूर्ण भयो।
विश्वसनीय सूचनाको आधारमा सीआईएसएफ, असम राइफल्स औ मणिपुर एयरपोर्ट पुलिसको संयुक्त टीमले मोइरांग उपमण्डलको क्वाक्टा क्षेत्र निवासी मोहम्मद साबिर अहमदलाई हिरासतमा लियो। आरोपीको चेक-इन ब्यागको क्रममा 6 वटा कन्टेनरमा लुकाएर राखिएको लगभग 6.74 किलोग्राम (कन्टेनर सहित) संदिग्ध ब्राउन शुगर जफत गरियो। त्यसपछि उक्त सामग्री सहित आरोपीलाई सिंगजामेई पुलिस स्टेशनकहाँ सुम्पिियो जहाँ मामिला दर्ता गरी जाँच शुरू गरिएको छ।
प्रारम्भिक जाँचबुझमा आरोपीले विष्णुपुर जिल्लाको क्वाक्टा क्षेत्रमा हतियार गोला-बारूदको गोप्य भण्डारबारे पनि जानकारी दियो जसको आधारमा सुरक्षा बलहरूले तुरून्तै ठाउँमा पुगेर अभियान शुरू गरे।
पछि थिनुंगईको छेउमा सुरक्षा बलहरूको टीमलाई स्थानीय मानिसहरूले रोके। अफवाह फैलिएको कारण त्यहाँ ठूलो संख्यामा भेला भएका स्थानीय मानिसहरूले सुरक्षा बलहरूको वाहनलाई रोके।
स्थिति त्यसबेला झन् बिग्रियो जतिबेला भीड़भित्र केही तत्वहरू हिंसक भए। उनीहरूले सुरक्षा बलहरूका दुई वटा वाहनलाई क्षतिग्रस्त बनाएर आगो लगाइदिए। केही मानिसहरूद्वारा सुरक्षा कर्मीहरूलाई रोक्ने प्रयास पनि गरियो।
स्थितिलाई नियन्त्रण गर्नको लागि अतिरिक्त बललाई तैनाथ तैनाथ गरियो भने न्यूनतम बल प्रयोग गर्दै अश्रु ग्यासको सहारामा भीड़लाई छिन्न-भिन्न बनाइयो। घटनामा धेरैजना नागरिकहरू घाइते भए जसलाई आवश्यक चिकित्सकीय सहायता प्रदान गरियो।
यस मामिलामा अहिलेसम्ममा चारजना मानिसहरूलाई पक्राउ गरिसकिएको छ भने अन्य आरोपीहरूलाई चिन्हित गरी कारबाही गरिँदैछ। पुलिसले आज बतायो, सम्पूर्ण घटनाक्रमको विस्तृत जाँच जारी छ। क्षेत्रमा शान्ति कायम राख्नको लागि पछि फ्ल्याग मार्च पनि निकालियो। पुलिसले मानिसहरूसित अपील गरेको छ, उनीहरूले अफवाहरूमाथि ध्यान नदिउन् तथा कानून व्यवस्थालाई कायम राख्नमा सहोग गरुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा