रोहिणीका झोपड़ीहरूमा आगलागी, तीनजनाले गुमाए ज्यान
रोहिणीका झोपड़ीहरूमा आगलागी, तीनजनाले गुमाए ज्यान


नयाँ दिल्ली, 15 अप्रेल (हि.स.)। रोहिणीको बुध विहारमा गए मंगलवार अबेर राती झोपड़ीहरूमा आगो लाग्यो। यस घटनामा पति-पत्नी सहित उनीहरूकी दुई वर्षीय छोरीको मृत्यु भयो। दमकलका छःवटा वाहनहरूले कड़ा परिश्रम गरेर आगोलाई नियन्त्रण गरे।

जानकारी मुताविक रोहिणीको बुध विहार क्षेत्रमा गए मंगलवार अबेर राती 1.25 बजे एउटा कबाड़को सामान राखिएको प्लटमा निर्मित झोपड़ीहरूमा आगो लागेको सूचना दिल्ली अग्निशमन सेवा विभागलाई प्राप्त भयो। सूचना पाउनसाथ घटनास्थलमा छःवटा दमकल वाहनहरूलाई पठाइयो। यस दुर्घटनामा पति-पत्नी र उनीबरूकी दुई वर्षीय छोरीको मृत्यु भयो जसको पहिचान मुसिबुर (25), मुरार (23) औ मोइमोना (2)-को रूपमा भएको छ। आगोलाई पूर्ण रूपमा नियन्त्रण गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande