
गुवाहाटी, 15 अप्रेल (हि.स.)। भाजपा प्रत्याशी औ असम प्रदेश कंग्रेसका पूर्व अध्यक्ष भूपेन कुमार बोराले कंग्रेस पार्टीको आन्तरिक व्यवस्थामाथि चर्को प्रहार गर्दै भनेका छन्, गौरव गोगोई कंग्रेसको “अनुहार” मात्र हुन्, वास्तविक “आधार” त सांसद रकिबुल हुसैन हुन्।
एक विशेष साक्षात्कारमा बोराले आरोप लगाए, पार्टीभित्र टिकट वितरणदेखि लिएर महत्वपूर्ण बैठकहरूको आयोजनसम्म सबै महत्वपूर्ण फसेला रकिबुल हुसैनले नै लिन्छन्। यहाँसम्म कि विधानसभा चुनाउ अवधि 50 हजार रुपियाँ जमा गरेर पार्टीको टिकट माग्ने सात सयजना उम्मेद्वारहरूमध्ये छः सयजना उम्मेद्वारहरूसित गौरव गोगोईको भेटसम्म हुन दिइएन। जबकि सांसद रकिबुल हुसैनसित सबै उम्मेद्वारहरूले भेट गरे।
भूपेन बोराको उक्त बयानलाई असमको राजनीतिमा कंग्रेसको आन्तरिक कामकाजमाथि ठूलो प्रश्न चिन्ह लगाउने मानिँदैछ जसबाट राजनीतिक बहस अझ तीव्र हुने सम्भवना छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा