बंगाल नव वर्षमा ममता ब्यानर्जीले दिइन् शुभकामना, चुनाउ पूर्व मतदाताहरूसित अपील
बंगाल नव वर्षमा ममता ब्यानर्जीले दिइन् शुभकामना, चुनाउ पूर्व मतदाताहरूसित अपील


कोलकाता, 15 अप्रेल (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बंगाली नव वर्षको अवसरमा राज्यवासीहरूलाई शुभकामना दिँदै एउटा भीडियो सन्देश जारी गरेकी छन्। आफ्नो सनदेशमा उनले राज्यको सांस्कृतिक धरोहर तथा सामाजिक सौहार्दलाई कायम राख्नेमाथि बल दिएकी छन्।

ममता ब्यानर्जीले आफ्नो सन्देशमा भनिन्, बंगाल सदैवदेखि कला, संस्कृति औ सर्वधर्म समन्वयको भूमि रहिआएको छ, तर केही “अशुभ शक्तिहरू”-ले यसलाई नोक्सान पुऱ्याउने चेष्टा गरिरहेका छन्। उनले आरोप लगाइन्, मानिसहरूको लोकतान्त्रिक अधिकारलाई खोसिरहेको छ जसको जवाफ जनताले लोकतान्त्रिक ढंगमै दिनुपर्छ।

मुख्यमन्त्रीले मानिसहरूसित अपील गर्दै भनिन्, उनीहरू सबै किसिमको सकीर्णतालाई त्यागेर एकजुट होउन् अनि राज्यको शान्ति, परम्परा तथा आपसी सौहार्दलाई कायम राखुन् ताकि कुनै पनि विभाजनकारी वा निरंकुशक्तिलेयसलाई तोड़्न नसकोस्। यसको लागि सबै सतर्क रहनुपर्छ।

साथै ममता ब्यानर्जीले आगामी विधानसभा चुनाउको सन्दर्भमा मतदाताहरूसित आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गर्ने अपील गर्दै तृणमूल कंग्रेसका उम्मेद्वारहरूलाई “जोड़ाफूल” चुनाउ चिन्हमा भोट दिएर विजय बनाउने आग्रह समेत गरिन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande