नलहटीमा माछा व्यवसायीको हतया, क्षेत्र तनाउग्रस्त
नलहटीमा माछा व्यवसायीको हतया, क्षेत्र तनाउग्रस्त


बीरभूम, 15 अप्रेल (हि.स.)। जिल्लाको नलहाटी क्षेत्रस्थित एउटा मैदानमा एकजना माछा व्यवसायीको क्षत-विक्षत शरीर फेला परेपछि सम्पूर्ण क्षेत्रमा कोकोहोलो मचियो। प्रारम्भिक आशंकामा व्यवसायीको कुटेर तथा धारिलो हतियारले प्रहार गरी हत्या गरिएको हो। मृतकको पहिचान मुकुल शेख (42)-को रूपमा भएको छ जो नलहाटी थाना अन्तर्गत पाखाग्राम निवासी थिए।

प्राप्त जानकारी अनुसार बुधवार बिहान स्थानीय मानिसहरूले यहाँको एउटा मैदानमा उनको क्षत-विक्षत शव लड़िरहेको देखेपछि तुरून्तै पुलिसलाई सूचना दिए। पुलिसले घटनास्थलमा पुगेर शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो।

परिवारका सदस्यहरूको आरोप छ, मुकुल शेखको निर्दयतापूर्वक कुटपिट गरेपछि धारिलो हतियारले प्रहार गरी हत्या गरिएको छ। तथापि स घटनाको पछाड़ि कसको हात छ, पत्तो लाग्न सकेको छैन।

पुलिसले बतायो, मामिलाको जाँच शुरू गरिएको छ साथै यो पत्तो लगाउने चेष्टा पनि गरिँदैछ कि मृतकको कसैसित शत्रुता वा विवाद थियो कि थिएन। घटनापछि क्षेत्रमा तनाउ फैलिएको छ। स्थानीय मानिसहरूले आरोपीलाई चाँड़ै पक्राउ गर्ने माग ग रेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande