
श्रीनगर, 15 अप्रेल (हि.स.)। नेशनल कन्फ्रेन्स (एनसी) का अध्यक्ष फारूक अब्दुल्लाले बुधवार भने, पाकिस्तानलाई यो अनुभूति हुनुपर्छ कि संघर्षबाट केही हासिल गर्न सकिँदैन, किनभने यसले विनाश मात्र निम्त्याउँछ।
अब्दुल्लाले श्रीनगरको रंगरेथमा जम्मू एवं कश्मीर लाइट इन्फ्यान्ट्री (जेएकेएलआई) रेजिमेन्टमा आयोजित एक सेना कार्यक्रममा भाग लिएपछि पत्रकारहरूलाई सम्बोधन गर्दै भने, पाकिस्तानले संघर्षलाई विराम दिनुपर्छ। उनले भने, हामीलाई आशा छ छिमेकी मुलुकलाई संघर्षबाट केही लाभ हुनेवाला छैन भन्ने कुराको अनुभूत हुनेछ। संघर्षले केवल विनाश ल्याउँछ।
पूर्व मुख्यमन्त्री अब्दुल्लाले भने, म भगवानसित प्रार्थना गर्छु कि उनले यस एकाईलाई चौतर्फी सफलता प्रदान गरुन् अनि हामीलाई युद्धबाट मुक्ति दिउन्। म प्रार्थना गर्छु, सारा विश्वमा शान्ति छाओस् ताकि हामी समृद्ध हुन सकौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा