
मेदिनीपुर, 15 अप्रेल (हि.स.)। पश्चिम बंगालमा विधानसभा चुनाउका गतिविधिहरू अहिले झन् तीव्र भएका छन्। यसै क्रममा पश्चिम मेदिनीपुर जिल्लाको केशपुर क्षेत्रका तृणमूल कंग्रेसका वरिष्ठ नेता मोहम्मद रफिकले आफू अस्वस्थ हुँदाहुँदै पनि लगातार चुनाउ प्रचार गरिरहेका छन्। उनले तृणमूल उम्मेद्वार शिउली साहाको समर्थनमा क्षेत्रमा जनसम्पर्क औ सभाहरूमा भाग लिरहेका छन्।
भनिन्छ, रफिकलाई तीन पटकसम्म हृदयाघात भइसकेको छ। एकपक उनको ओपन हार्ट सर्जरी भइसकेको छ भने दुई पटक स्टेन्ट लगाइएको छ। तथापि उनले सक्रिय रूपमा प्रचार गरिरहेका छन्। रफिकले दाबी गरेका छन्, केशपुरमा तृणमूल उम्मेद्वारलाई न्यूनतम 70 हजार मतको अन्तरले विजय गराइनेछ।
हालैमा तृणमूलका राष्ट्रिय महासचिव अभिषेक ब्यनर्जीले केशपुरको आनन्दपुरमा शिउली साहाको समर्थनमा आयोजित जनसभालाई सम्बोधन गरेका थिए। यस अवधि रपिकले उनलाई भनेका थिए, केसपुरमा पार्टीको स्थिति बलियो छ र कार्यकर्ताहरूले एकजुट भएर चुनाउ लड़िरहेका छन्।
तथापि रफिकको यस दाबीमाथि भाजपा नेता अरूप दासले कटाक्ष गर्दै भने, राज्यभरि नै परास्त हुने डरले तृणमूल कंग्रेसले यस किसिमको दाबी गरिरहेको छ। रफिकको राजनीतिक यात्रा युवा कंग्रेसबाट शुरू भएको थियो। उनी वरिष्ठ कंग्रेस नेता प्रियरञ्जन दासमुन्शीका समर्थक थिए। वर्ष 1998-मा ममता ब्यनर्जीले तृणमूल कंग्रेस स्थापना गरेपछि उनी पनि यस दलमा सामेल भए।
स्थानीय राजनीतिक गल्लीहरूमा रफिकलाई लामो समयदेखिकै सक्रिय तथा संघर्षशील नेता मानिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा