
आसनसोल, 15 अप्रेल (हि.स.)। टलीवुडकी चर्चित अभिनेत्री श्राबन्ती च्याटर्जीलाई फेरि एक पटक पश्चिम बंगालको राजनीतिमा सक्रिय देखिँदैछ। वर्ष 2021 को विधानसभा चुनाउमा भारतीय जनता पार्टी (भाजपा) को टिकटमाा चुनाउ लड़ेपछि उनी पार्टीदेखि टाँड़िएकी थिइन्। त्यसपछि फेरि तृणमूल कंग्रेसा कार्यक्रमहरूमा उनलाई देखिन थाल्यो भने अब यस वर्ष 2026-को विधानसभा चुनाउको निम्ति उनले व्यापक रूपमा प्रचार अभियान शुरू गरेकी छन्।
गए मंगलवार साँझ श्राबन्ती च्याटर्जीले बाराबनी विधानसभा क्षेत्रमा तृणमूल कंग्रेसका उम्मेदवार बिधान उपाध्यायको समर्थनमा जनसभा गरिन्। उनले अपरान्ह इटापारा पञ्चायतको इटापाड़ा गाउँस्थित एक फुटबल मैदानमा मानिसहरूलाई सम्बोधन गरिन् जसपश्चात पुरानाचट्टी गाउँमा पनि सभा गरिन्। आफ्नो सम्बोधनमा उनले सोझै रूपमा आम जनतासित तृणमूल उम्मेद्वारको पक्षमा मतदान गर्ने अपील गरिन्।
सभास्थलमा पुग्नसाथ उनलाई स्थानीय मानिसहरूले भव्य स्वागत गरे अनि नाराहरूले माहोल गुञ्जयमान भयो। श्राबन्तीले भनिन्, यस क्षेत्रमा आएर उनलाई धेरै राम्रो लागिरहेको छ साथै मानिसहरूमा व्यापक उत्साह देखिँदैछ। उनले आगामी 23 अप्रेलमा हुन गइरहेको चुनाउमा तृणमूल कंग्रेसका उम्मेद्वारको जीत सुनिश्चित गर्ने अपील गरिन्।
आफ्नो भाषणमा उनले पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीको प्रशंसा गर्दै उनलाई परिश्रमी र कुशल व्यक्ति बताइन्। उनले भनिन्, ममता ब्यनर्जीसित उनले धेरै समय बिताएकी छन्। त्यसैले उनले उनका नामित उम्मेदवारहरूलाई जिताउने अपील गरिरहेकी छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा