गुड़िरहेको वाहनमाथि ढल्यो विशाल रूख, धेरै जना घाइते भएको आशंका
गुड़िरहेको वाहनमाथि ढल्यो विशाल रूख, धेरै जना घाइते भएको आशंका


गुवाहाटी, 15 अप्रेल (हि.स.)। गुवाहाटीको उजान बजारस्थित सती राधिका उद्यानको छेउमा गए राती भयानक दुर्घटना भयो जतिबेला एउटा विशाल रूख अचानक गुड़िरहेको वाहनमाथि ढल्यो।

प्राप्त जानकारी अनुसार अचानक रूख सड़कमा ढल्यो जसले गर्दा त्यसबेला उक्त सड़क भएर गुज्रिरहेका वाहनहरू त्यसको चपेटमा परे। यस घटनामा धेरैवटा वाहनहरूलाई ठूलो क्षति पुगेको छ। साथै यस दुर्घटनामा धेरैजना मानिसहरू घाइते भएको आशंका छ। तथापि घाइतेहरूको सही संख्या अहिले पुष्टि हुन सकेको छैन। प्रशासनद्वारा स्थितिको जायला लिएर आवश्यक कारबाही गरिने सम्भावना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande