फालाकाटाको रायचेंगामा ग्रामीणहरूद्वारा भोट बहिष्कारको चेताउनी
फालाकाटाको रायचेंगामा ग्रामीणहरूद्वारा भोट बहिष्कारको चेताउनी


अलिपुरद्वार, 15 अप्रेल (हि.स.)। विधानसभा चुनाउ 2026 को पृष्ठभूमिमा एउटा अनौठो विरोध प्रदर्शन भएको देख्न पाइयो। पहिलो चरणको मतदान मुखैमा आएको समय फालाकाटाको रायचेंगा गाउँका मानिसहरूले जर्जर सड़कहरूको कारणले भोट बहिष्कार गर्ने घोषणा गरेका छन्।

ग्रामीणहरूको आरोप छ, पछिल्लो 40 वर्षदेखिको गाउँका दुई वटा मुख्य सड़कहरूको अवस्था दयनीय छ। एउटा लगभग एक किलोमीटर र दोस्रो 5 सय मीटरको सड़क अहिलेसम्म पक्का हुन सकेको छैन। बर्खाझरीमा अवस्था झनै सोचनीय हुन्छ जसले गर्दा मानिसहरूलाई ओहोर-दोहोर गर्न समस्या हुन्छ। विशेष गरेर विद्यार्थीहरू र रोगीहरूलाई दिनहुँ नै जोखिम उठाउनु पर्छ।

बुधवार यसकड़ौं ग्रामीणहरूले ‘भोट बहिष्कार’- को पोस्टर र ब्यानर बोकेर गाउँमा ऱ्याली निकाले। बाल-बालिकाहरूदेखि लिएर बुजुर्गसम्म यस विरोध ऱ्यालीमा सामेल भए। ऱ्यालीमा सड़क छैन त भोट पनि छैन जस्ता नाराहरू लगाइयो।

स्थानीय पञ्चायतको भनाइ छ, हाल आदर्श आचार संहिता लागू भएको कारणले कुनै पनि नयाँ काम शुरू गर्न सकिँदैन। तथापि चुनाउपछि प्राथमिकताको आधारमा सड़क निर्माण गर्ने आश्वासन दिइएको छ। तर ग्रामीणहरू यस आश्वासनबाट सन्तुष्ट छैनन्। उनीहरूको भनाइ स्पष्ट छ, सड़क नबनुञ्जेलसम्म उनीहरूले मतदान प्रक्रियामा भाग लिने छैनन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande